स्वास्थ्य सचिव नियुक्ति प्रक्रिया शुरु भयो, मन्त्रालयले पठायो ११ जनाको नाम

1.3k
Shares

काठमाडौँ, १२ पुस । स्वास्थ्य सचिव नियुक्ति प्रक्रिया शुरु भएको छ । लोक सेवा आयोगको बढुवा समितिले आज विहानै स्वास्थ्य मन्त्रालयबाट योग्यता पुगेका ११ जनाको नाम लिएको छ ।

मन्त्रालयले बढुवा समितिलाई १२ औँ तहका तीन जना सहित योग्यता पुगेका ११ औँ तहका अरु आठ जनाको नाम पठाएको छ । यद्धपी सिफारिसमा बाहौँ तहकै तीन जनाको नाम सिफारिस हुने निश्चित जस्तै देखिएको छ ।

मन्त्रालय स्रोतका अनुसार बाह्रौँ तहबाट डा पुष्पा चौधरी, डा विनोदमान श्रेष्ठ र डा सुशील प्याकुरेलको नाम पठाएको छ । सचिव बन्ने योग्यता पुगेका एघारौँ तहका आठ जनामा डा रोशन पोखरेल, डा दीपेन्द्ररमण सिंह, महेन्द्र श्रेष्ठको नाम पठाएको छ ।

यस्तै डा गुणराज लोहनी, डा भीम तिंकरी, डा भीम आचार्य, डा राजेन्द्र पन्त र डा केदार सेन्चुरीको नाम समेत योग्यता पुगेका उम्मेदवारको सूचीमा पठाइएको छ ।

लोक सेवा आयोगको अध्यक्षतामा बस्ने बढुवा समितिले आजै बैठक बसी सम्भावित तीन जनाको नाम निर्णयका लागि मन्त्रिपरिषदमा पठाउने बुझिएको छ । मन्त्रिपरिषदको नियमित बैठक बस्ने पालो भोलि नै छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *