स्वास्थ्य बीमाका कार्यकारी निर्देशक डा. गुणराज लोहनीद्धारा पदबाट राजिनामा

डा. गुणराज लोहनी कार्यकारी निर्देशक सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति

काठमाडौँ, ९ पुस । स्वास्थ्य बीमा सञ्चालन गर्ने सरकारी निकाय सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा गुणराज लोहनीले पदबाट राजिनामा दिएका छन् । उनले आज दिउसो तीन बजे विकास समिति अध्यक्ष एवं निमित्त स्वास्थ्य सचिव डा पुष्पा चौधरी समक्ष राजिनामा बुझाएका छन् ।

स्रोतका स्वास्थ्य बीमा नियमावलीका विभिन्न विषयमा छलफल गर्न आज डाकिएको बोर्ड बैठकमा केही सदस्यहरुले वैधानिकताका बारेमा प्रश्न उठाएपछि उनले तत्कालै राजिनामा दिएका हुन् । खासमा नियमावली बनाउने काम भईरहेको थियो ।

‘आज पनि सोही विषयमा छलफल गर्न बैठक राखिएको थियो तर केही सदस्यहरुले बीमा ऐन आईसकेको अवस्थामा गठन आदेशद्धारा सञ्चालित संरचनाको बैधानिकता के हो भनेर प्रश्न उठाए । त्यस पछि उहाँले तत्कालै राजिनामा बुझाउनु भएछ,’ बैठकमा सहभागी एक सदस्यले बताए ।

‘बीमा ऐन स्वीकृत भईसके पनि नियमावली बनिसकेको छैन । नियमावली नबन्दासम्म ऐनको कार्यान्वनयमा आई हाल्ने अवस्था समेत हुँदैन । तर बोर्ड सदस्यहरुले प्रश्न उठाएपछि नैतिकताको आधारमा राजिनामा दिनुको विकल्प भएन भन्नु भएको छ,’ ती सदस्यले भने । यस विषयमा डा. लोहनीसंग सम्पर्क गर्ने प्रयास सफल भएन ।

सरकारले पटक पटक घोषणा गरेपनि कार्यान्वनयमा ल्याउन नसकेको स्वास्थ्य बीमा कार्यक्रमलाई डा लोहनीले कार्यकारी निर्देशक जिम्मेबारी सम्हालेको एक महिनामै शुरुवात गराएका थिए ।

२०७२ साल फागुनको तेस्रो साता गठन आदेशद्धारा सञ्चालित विकास समितिको कार्यकारी निर्देशकको काम चलाउ जिम्मेबारी लिएका डा लोहनीले एक महिना पछि नै २५ चैत देखि बीमा कार्यक्रम सुरुवात गराएका थिए । पछि २० जेठ २०७३मा उनलाई मन्त्रिपरिषदले नै कार्यकारी निर्देशकको जिम्मेबारी थमाएको थियो ।

समिति अध्यक्ष डा. चौधरीले कार्यकारी निर्देशक डा लोहनीको राजिनामा आएको र त्यस विषयमा आवश्यक परामर्श पछि उपयुक्त निर्णय लिइने बताइन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *