नर्सिङ प्रतिनिधिलाई स्वास्थ्य मन्त्रीको आश्वासन, ‘नर्सिङ महाशाखा थपिदिन्छु’

काठमाडौँ, ३ मंसिर । स्वास्थ्य मन्त्री दीपक बोहोराले संघीय संरचनामा नर्सहरुको फाट हेर्न छुट्टै नर्सिङ महाशाखा स्थापना गर्ने आश्वासन दिएका छन् । नर्सिङ सेवा महाशाखालाई चिकित्सा सेवा विभागको अण्डरमा रहने गरि प्रस्ताव गरिएको भन्दै विरोध जनाउन आइतबार स्वास्थ्य मन्त्रालय पुगेका नेपाल नर्सिङ संघका प्रतिनिधीलाई मन्त्री बोहराले छुट्टै नर्सिङ महाशाखा स्थापना गर्ने आश्वासन दिएका हुन् ।
नर्सिङ संघका महासचिव लक्ष्मी केसीले आफूहरुसंगको बार्तामा मन्त्री बोहराले नर्सहरुको लागि अधिकारसम्पन्न छुट्टै महाशाखा स्थापना गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने प्रतिबद्धता जनाएको बताइन । प्रस्ताव नलगिए वा छुट्टै महाशाखा नभए आफूहरुको आन्दोलन जारी रहने उनले जानकारी दिइन ।
नयाँ संघीय संरचनामा स्वास्थ्य मन्त्रालयको नाम स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रहने बताइएको छ । यस अन्तरर्गत नीति योजना तथा समन्वय महाशाखा, अनुगमन मुल्यांकन तथा नियमन महाशाखा, स्वास्थ्य सेवा तथा जनसंख्या व्यवस्थापन महाशाखा, सामान्य प्रशासन तथा आर्थिक व्यवस्थापन महाशाखा राखिएका छन् ।
त्यसैको समानान्तर हुनेगरी चिकित्सा सेवा विभाग, जनस्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभाग राखिएको छ । नर्सिङ सेवा महाशाखालाई चिकित्सा सेवा विभाग अन्तरगर्त रहने गरी प्रस्ताव गरिएपछि नर्सहरु आन्दोलित भएका हुन् ।
महासचिव केसीले माथि रहेका चारवटा महाशाखासंगै नर्सिङ सेवा महाशाखा राख्नुपर्ने आफूहरुको स्पष्ट अडान रहेको बताइन । ‘हामी यसमा कुनै कम्प्रमाइज गर्दैनौँ । हामी चिकित्सासेवा महाशाखाको अन्तरगतमा रहेर बस्दैनौँ’ केसीले बताइन ।
महासचिव केसीले २०५० सालसम्म रहेको नर्सिङ महाशाखालाई हचुवाको भरमा हटाइएको र यसको विरोधमा नर्सहरुले लामो समय आन्दोलन गरिरहेको भन्दै नयाँ संघीय संरचनामा अधिकारसम्पन्न महाशाखा ल्याएरै छाडने बताइन ।
अहिले पठाएको प्रस्तावमा यस्तो छ:


विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



