एमबीबीएस पुन: प्रवेश परीक्षाको नतिजा प्रकाशित (नतिजा सहित )
काठमाडौँ, १८ मंसिर । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमले गत शनिबार लिएको एमबीबीएस पुन प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ । आइओएमले आज प्रकाशित नतिजाअनुसार कुल ४६ प्रतिशत मात्रै पास भएका छन् ।
आइओएम परीक्षा समिति संयोजक एवं सहायक डीन प्राडा राजेन्द्र गुरागाँईका ७ हजार २ सय ९८ जना सहभागी भएको परीक्षामा ३ हजार ३ सय ३१ जना पास उत्तीर्ण भएका छन् । ती मध्ये विदेशी ३३ जना छन् ।
गत २८ असोजमा भएको प्रवेश परीक्षामा इलेक्टोनिक डिभाईस सहित परीक्षार्थी पक्राउ परेपछि सो रद्ध गरी गत शनिबार पुन परीक्षा लिइएको थियो ।
नतिजा
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



