पूर्वडिन प्राडा शर्मा भन्छन्, ‘परीक्षापूर्व बर्तमान डीन र उनको टीमले राजिनामा दिनुपर्छ ‘

प्राडा शशि शर्मा

काठमाडौँ, ९ मंसिर । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका पूर्व डीन प्राडा शशि शर्माले एमबीबीएस प्रवेश परीक्षा प्रकरण पछि बर्तमान डीन र पदाधिकारीहरुले राजिनामा दिनुपर्ने बताएका छन् ।

उनले प्रवेश परीक्षामा प्रश्नपत्र बाहिरिने अवस्था आउनुले बर्तमान पदाधिकारीहरुको असक्षमता छरपष्ट भएको भन्दै नैतिकताको आधारमा राजिनामा दिनुपर्ने बताएका हुन् ।

नेपाली हेल्थसंग कुरा गर्दै प्राडा शर्माले ९ हजार बढी विद्यार्थीले आफ्नो भविस्य मानेको एमबीबीएस प्रवेश परीक्षालाई त्रिवि पदाधिकारीहरुले खेलाचीको रुपमा लिएको आरोप समेत लगाए ।

‘यहाँ दुईवटा कुरा चर्चामा छ, एउटा चिट चोरेको र अर्को प्रश्नपत्र बाहिरिएको हो । यदि चिट चोरेको मात्रै हो भने चोर्ने व्यक्तिलाई कारबाही गरेर अरुको नतिजा निकाल्दिन सकिन्थ्यो । यसलाई हामी सामान्य कमजोरीको रुपमा पनि लिन सक्थ्यौँ तर प्रश्नपत्र बाहिरिएको कुरा जोडिएर आएको छ । यो सामान्य होइन । यो विषय प्रश्न बनाउने देखि जोडिएर आउँछ । कसरी बाहिरियो ? त्यसैले अहिलेका पदाधिकारीहरुले अर्को परीक्षा लिने नैतिकता हुँदैन । नयाँ समिति बनाई परीक्षा लिइनुपर्छ,’ उनले भने।

उनले बर्तमान डीन प्राडा जगदीश अग्रवालको एक बर्षे कार्यकाल उपलव्धीहीन भएको बताए । ‘नियुक्ति प्रक्रिया नै हेरौँ न डा गोविन्द केसीले सरकारी अधिकारीहरुलाई व्ल्याक मेलिङ गरेर उहाँलाई त्यहाँ पुरयाएको हो । उहाँ नियुक्त हुँनासाथ डीन कार्यालयमा ताला लाग्यो । त्यसपछि भर्ना प्रक्ररण र आरक्षण प्रक्ररणमा विद्यार्थीले ताला लगाए । त्यसपछि सम्वन्धनको कुरा उठ्यो मिडियाहरुले लेखेकै हुन् । अहिले पछि प्रवेश परीक्षा प्रकरण देखियो । गहिरिएर हेरौँ त के उपलव्धी भयो ?’ प्राडा शर्माले प्रश्न गरे ।

गत असोज २८ मा भएको एमबीबीएस प्रवेश परीक्षामा प्रश्न पत्र बाहिरिएको भन्दै त्रिवि जाँचबुझ समितिले रिपोर्ट दिएपछि आइओएमले पहिलेको परीक्षा रद्ध गर्दै पुन परीक्षा लिने निर्णय गरेको छ । यो परीक्षा आगामी १६ मंसिरमा हुँदैछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *