काठमाडौँ नेशनल मेडिकल कलेजको सम्वन्धन खारेज नगर्न सर्बोच्चको अन्तरिम आदेश

524
Shares

काठमाडौँ, १५ कात्तिक । सर्बोच्च अदालतले घट्टेकुलोस्थित काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने त्रिभुवन विश्वविद्यालयको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले सम्बन्धन खारेज गर्ने निर्णय कानुनसम्मत नभएको भन्दै कार्यान्वयन गर्न रोक लगाएको हो ।  काठमाडौं नेसनल कलेजका तर्फबाट डा. जैनुद्दिन अन्सारीले असोज ३१ गते रिट दर्ता गरेका थिए ।

यसअघि त्रिवि कार्यकारी परिषदले साउन १२ गते सम्बन्धन दिएको थियो । सो विरुद्ध डा. गोविन्द केसी अनसन बसेपछि सम्वन्धन खारेजी गरेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *