बाढी प्रभावित जिल्लामा स्वास्थ्य बीमा सहज, परिचयपत्र नभए पनि सेवा पाइने

काठमाडौँ, २२ भदौ । स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित जिल्ला रसुवा, नुवाकोट र धादिङका नागरिकलाई स्वास्थ्य बीमा सेवा सहज बनाएको छ ।
बोर्डले सोमबार एक सूचना जारी गर्दै प्रभावित तीन जिल्लामा तीन महिनाका लागि स्वास्थ्य बीमामा लाग्दै आएको सह भुक्तानी (को–पेमेन्ट) र क्यापिङ हटाउने निर्णय गरेको हो ।
गत भदौ १० गते रसुवा जिल्लाको ल्हेन्दे खोलामा आएको बाढीका कारण ती क्षेत्रहरू प्रभावित भएका थिए ।
विपद्को यस अवस्थामा नागरिकलाई स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले बीमा बोर्डले यो निर्णय गरेको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



