स्वास्थ्य मन्त्रालयमा मन्त्री र सचिवबीच जहिल्यै लफडा

568
Shares

काठमाडौँ, २ कात्तिक । अस्ति मात्रै स्वास्थ्य मन्त्रालयको जिम्मेबारीबाट मुक्त भएका मन्त्री गिरिराजमणि पोखरेलले आफ्नो ८० दिन कार्यकालको फेहरिस्त सुनाउँदै गर्दा फ्याट्ट एक जनाले सोधे, तपाईँ र स्वास्थ्य सचिव डा. किरण रेग्मीसंगको सम्वन्ध बिग्रिएको हो ?

उनले तत्काल जवाफ फर्काए, ‘तपाईँहरुले सुनेको कुरामा सत्यता छ । उहाँ पछिल्लो एक साता देखि मेरो सम्पर्कमा हुनुहुन्थेन ।’ उनले अगाडी थपे, ‘यसले धेरै महत्वपूर्ण निर्णयहरु गर्न पाइएन । कामहरु रोकियो ।’

मन्त्रीले पोखरेलले आफ्नो कुरा त्यतिमै सिमित राखेनन् ।अनसन्तुष्ठि देखिने थप कुरा गरे, ‘मैले हिजो विहानै मन्त्रालयमा पत्रकार सम्मेलन गरी विदा लिन चाहेको थिएँ । तर त्यो मिलेन । नयाँ मन्त्री ज्यू साइत साढे १० बजे नै हो रहेछ । त्यसपछि आज यता गरयौँ ।’

निवर्तमान स्वास्थ्य मन्त्री पोखरेलको कुरा सुनिरहँदा अघिल्ला मन्त्री र सचिवहरुको सम्वन्ध समेत खोतल्न मन लाग्यो । केही बाहेक अधिकांश मन्त्री र सचिवका सम्वन्ध मित्रता देखिएन । केहीले एक अर्का विरुद्ध सार्वजनिक अभिव्यक्तिनै दिए । केहीले मनमा राखे तर व्यवहारमा देखाईरहे ।

कस्तो थियो त अघिल्ला मन्त्री र सचिवको सम्वन्ध ?

गगन थापा र डा सेनेन्द्रराज उप्रेतीबीचको सम्वन्ध  :

पोखरेल अघिका मन्त्री गगन थापा र त्यतिवेलाका सचिव डा सेनेन्द्रराज उप्रेतीबीच पनि सम्वन्ध राम्रो भएन । यद्धपी सार्वजनिक कार्यक्रममा देखिदा रुपमा दुबैले एक अर्काको प्रसंशा नै गर्दथे ।

त्यतिवेला मन्त्री थापा पक्षधरले सचिव डा उप्रेतीलाई मन्त्रीका प्रस्तावलाई समर्थन नगरेको । निर्णय नगरिदिएको, फाइलहरु लुकाएको जस्ता आरोप लगाउँथे । उनीहरुले मन्त्री थापाको बाटोमा तँगारो बनेको समेत आरोप लगाएका थिए ।

तर डा उप्रेतीले नियम विपरित काममा आफू साक्षी बस्न नसक्ने बताउने गर्दथे । उनले थापाको सचिवालयले आफूमाथि नियन्त्रण जमाउन खोजेको आफू निकटलाई सुनाउने गर्दथे ।

तर यो कार्यकाल यस्तो रहयो कि मन्त्री सचिवबीच अप्रत्यक्ष विवाद चल्दै गर्दा सचिवालयका टीमले भने मन्त्रालय, विभाग तथा अन्य महत्वपूर्ण निकायमा आफू अनुकुलका नियुक्ति सरुवा बढुवा गरेर आफ्नो पोजिसन निकै बलियो बनाइसकेको थियो ।

रामजनम चौधरी, शान्तबहादुर श्रेष्ठ र डा. सेनेन्द्रराज उप्रेती
थापा अघि स्वास्थ्य मन्त्री बनेका फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले हालका शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ र डा सेनेन्द्रराज उप्रेती गरी दुई सचिवसंग काम गर्ने मौका पाए ।

पूर्व मन्त्री खगराज अधिकारीले निजामति तर्फका श्रेष्ठलाई स्वास्थ्यमा सरुवा गरी तानेपछि चिकित्सकहरुले उनी विरुद्ध आन्दोलन गरेका थिए । बीचमा सेलाउने र पुर्न उम्लिने चिकित्सकको सो आन्दोलनले फोरम लोकतान्त्रिकबाट स्वास्थय मन्त्री बनेका रामजनम चौधरीलाई खासै प्रभाव पारेन ।

यद्धपी उनकै कार्यकालमा सरकारले स्वास्थ्यलाई पुन स्वास्थ्यकै सचिव पठाइदियो । मन्त्री चौधरी र श्रेष्ठबीच तिक्ततापूर्ण सम्वन्ध खासै देखिएन । तर चौधरी र अर्का सचिव डा उप्रेतीबीच शुरुमै सम्वन्ध राम्रो बनेन ।

सचिवको दौडमा खुलेर लागेका डा. उप्रेती र अर्का प्रमुख विशेषज्ञ डा. पदमबहादुर चन्दबीचको प्रतिस्पर्धामा चौधरीले डा. चन्दको पक्षमा खुलेर लागेका थिए । तर  सचिव  भईदिए डा उप्रेती त्यसपछि भने काममा तालमेल भएको खासै देखिएन । यद्धपी औपचारिक रुपमा उनीहरुको सम्वन्ध हार्दिकता जस्तै देखिन्थ्यो ।

खगराज अधिकारी र डा. प्रविण मिश्र
मन्त्री र डाक्टर सचिव बीचको सम्वन्धको चर्चा गरिरहँदा एमालेबाट मन्त्री बनेका खगराज अधिकारी र सचिव डा प्रविण मिश्रबीचको सम्वन्धलाई छोड्न मिल्दैन ।

तीन बर्ष अघि बनेका अधिकारी र त्यतिवेलाका स्वास्थ्य सचिव डा मिश्रबीच लामोसमय चिस्सियो । यद्धपी अवकास हुँदै गर्दा उनीहरुको सम्वन्ध सहि पोजिसनमा आए जस्तो देखिन्थ्यो । यद्धपी मन्त्री अधिकारीले डा मिश्र हुँदासम्म आफ्ना कुनै काम अघि बढाउन नसकेको बताँउदै आएका थिए ।

उनले पछि निजामति तर्फका शान्तबहादुर श्रेष्ठलाई स्वास्थ्यमा तानेका थिए । यो कदमको चिकित्सकहरुले व्यापक विरोध गरेका थिए । यद्धपी अधिकारीले त्यसको सुनुवाई गर्दै गरेनन । सचिव श्रेष्ठलाई आफूसंगै राखिरहे ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *