मेडिकल कलेज सीट : आइओएमको सिफारिसलाई काट्यो काउन्सिलले

1.6k
Shares

काठमाडौँ, २९ असोज । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले आफू अन्तरगतका मेडिकल तथा डेन्टल कलेजलाई शैक्षिक सत्र २०७४ / ७५ का लागि सिफारिस गरेको सीट संख्यामा नेपाल मेडिकल काउन्सिलले ‘कैची’ चलाएको छ ।

काउन्सिलको गत शुक्रबार बसेको पूर्ण बैठकले आइओएमबाट सिफारिस भएर १० वटा मेडिकल तथा डेन्टल कलेजमध्ये तीनवटाको सीट परिवर्तन गरेको छ । परिवर्तित सीटमा सबै डेन्टल तर्फका छन् ।

काउन्सिल स्रोतका अनुसार ललितपुरको किष्ट मेडिकल कलेजका लागि आइओएमले बीडीएसमा ५० सीट सिफारिस गरेको थियो तर काउन्सिलले सो कलेजका लागि ४५ सीट तोकेको छ ।

त्यस्तै आइओएमले चितवन मेडिकल कलेजलाई बीडीएस सञ्चालन गर्न ५० सीट सिफारिस गरेको थियो । तर काउन्सिलले १० सीट कम गर्दै ४० मा झारिदिएको छ ।

उता ३५ सीट पाएको बीरगञ्जस्थित एमबी केडीया डेन्टल कलेजको काउन्सिलले ३० सीट निर्धारण गरेको छ ।
अरु कलेजहरुको सीट भने यथावत रहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *