त्रिवि आइओएमद्धारा १० वटा मेडिकल कलेजका लागि सिट सिफारिस (सूची सहित)

4.4k
Shares

काठमाडौँ, २५ असोज । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले आफू अन्तरगतका १० वटा मेडिकल तथा डेन्टल कलेजका लागि यस शैक्षिक सत्रमा अध्ययन गराउनका लागि नयाँ सिट संख्या सिफारिस गरेको छ ।

गत आइतबार बसेको विद्या परिषदको बैठकले सिट संख्या निर्धारण गरेको हो । यद्धपी अहिलेसम्म आइओएमले औपचारिक रुपमा सार्वजनिक गरेको छैन् । सिफारिस सिटलाई नेपाल मेडिकल काउन्सिलको शुक्रबार बस्ने पूर्ण बैठकले अन्तिम टुंगो लगाउने तयारीमा छ ।

डा. गोविन्द केसीसंग सरकारले गरेको सम्झौँता अनुसार यसपटक आइओएमले एमबीबीएसमा अधिकतम एक सय सिट तोकेको छ । डेन्टलमा अधिकतम ५० तोकेको छ ।

बैठकले एमबीबीएस तर्फ दुईवटा मेडिकल कलेजलाई र डेन्टल तर्फ ४ वटा कलेजलाई अधिकतम सिट दिने सिफारिस गरेको छ । त्यस्तै एमबीबीएस मात्रै अध्ययन गराउने दुईवटा मेडिकल कलेज र एउटा डेन्टल कलेजको सिट गतवर्ष र यसबर्ष फेरिएको छैन् ।

हेरौँ कुन कलेजको सिट कति भयो ?

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *