बाढी प्रभावित क्षेत्रमा एक हजार ४५६ जना स्वास्थ्यकर्मी खटिए

काठमाडौँ, ५ भदौ । बाढी प्रभावित क्षेत्रमा फैलनसक्ने महामारी रोगको रोकथाम तथा उपचारका लागि एक हजार ४५६ जना स्वास्थ्यकर्मी खटिएका छन् । उनीहरुले उपचार बाहेक स्वास्थ्य जनचेतना फैलाउने काम समेत गरेका छन् ।

विपद व्यवस्थापन समितिका संयोजक समेत रहेका स्वास्थ्य सेवा विभागका उप महानिर्देशक चुडामडी भण्डारीले प्रभावित क्षेत्रमा केन्द्रबाट २२ जना, क्षेत्रीयस्तरबाट ३८ जना, जिल्ला स्तरबाट ९४६ जना र निजी स्तरबाट ४५० जना प्रत्यक्ष रुपमा खटिई महामारी जोखिम नियन्त्रणमा लागि रहेको बताए । उनले प्रभावित क्षेत्रमा नेपाली सेना र प्रहरीको स्वास्थ्यकर्मीटोली समेत परिचालन भएको बताए ।

उपमहानिर्देशक भण्डारीले बाढी प्रभावित क्षेत्रका स्वास्थ्य कर्मीलाई तोकिएको स्वास्थ्य संस्थामा अनिवार्य रुपमा उपस्थित भई सेवा प्रदान गर्न निर्देशन दिइएको र निर्देशन उल्लंघन गर्नेलाई कारबाही समेत गर्ने प्रक्रिया अघि बढाएको बताए । उनलेबाढी प्रभावित क्षेत्रका लागि औषधि खरीद गर्न स्थानीय तहलाई नै रकम पठाईसकिएको भन्दै अभाव हुन नदिने बताए ।

गत २६ साउन देखि आएको अविरल बर्षापछिको बाढी पहिरोबाट १३५ जनाको मृत्यु भएको छ । सोही बाढीमा परी अहिलेसम्म ३० जना हराईरहेको र ४१ जना घाइतेको उपचार भइरहेको गृहमन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *