डा. केसीलाई भेट्न पूर्व प्रधानन्यायधीश सुशीला कार्की त्रिवि शिक्षण अस्पतालमा

 

काठमाडौँ, ४ भदौँ । पूर्व प्रधानन्यायधीश सुशीला कार्की डा गोविन्द केसीलाई भेटन त्रिवि शिक्षण अस्पताल पुगेकी छन् । आज विहान साढे आठ बजे उनी आफ्ना श्रीमानसंग डा केसीलाई भेटन त्रिवि शिक्षण अस्पताल पुगेकी हुन् ।

एघारौँ अनसन २३ औँ दिनमा टुंग्याएका डा केसीलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी उपचार चलिरहेको छ ।

स्रोतका अनुसार पूर्वप्रधान न्यायधीश कार्कीले सर्वोच्चको आदेश भन्दै त्रिविले काठमाडौँ नेशनल मेडिकल कलेजलाई सम्वन्धन दिने निर्णय गरेको र निर्णय फिर्ता नलिए डा केसीले अनसन बस्ने समेत घोषणा गरिसकेको विषयमा छलफल गरेकी थिइन ।

उनीभन्दा डा केसीको अभियानमा लागेका बरिष्ठ पत्रकार कनकमणी दीक्षित, न्यायधीश ओमप्रकाश अर्याल लगायतका व्यक्तिहरु पनि डा केसीलाई भेटन त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।

काठमाडौँ नेशनल मेडिकल कलेजलाई १२ साउनमा बसेको त्रिवि कार्यकारी परिषदको बैठकले एमबीबीएस कार्यक्रम सञ्चालन गर्नका लागि सम्वन्धन दिने निर्णय गरेको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *