जिल्ला जानै खोज्दैनन विशेषज्ञ डाक्टर


४ भदौ, काठमाडौं । प्रसव पीडाका कारण टिलपिलाएका आमाका आँखा ओभानो हुन नपाउँदै भर्खर खुलेका शिशुका आँखा सदाका लागि बन्द हुन्छन् ।

आमा बन्ने वर्षौंको सपना तुहिँदा अस्पतालमै कोलाहल सुरु हुन्छ । परिवारले शिशुको मृत्युमा अस्पतालको दोष देख्छ ।

अस्पताल निरीह हुँदै भन्छ, ‘हामीले बालरोग विशेषज्ञ नहुँदा ‘एनआईसीयू’ को सुविधा दिन सकेका छैनौं । अधिकांश शिशुको निसास्सिएर मृत्यु हुन्छ । सुविधा भए उनीहरूलाई बचाउन सकिन्थ्यो ।’

 

राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल सातैपिच्छे यस्ता घटना सामना गर्न बाध्य छ ।

अस्पतालमा पछिल्लो तीन वर्षमा तीन सय १८ जना शिशुको ज्यान गइसकेको छ ।

अस्पतालका प्रमुख डा. दयाशंकर लालकर्ण भन्छन्, ‘नवजात शिशुरोग विशेषज्ञ वा बालरोग विशेषज्ञमध्ये एक जना मात्रै चिकित्सक भइदिए यसरी लगातार नवजात शिशुको ज्यान जान्थेन ।’

शिशु मृत्युदर कम गर्न बालरोग विशेषज्ञको माग गर्न डा. लालकर्ण महिनैपिच्छे स्वास्थ्य मन्त्रालय धाउँछन् । निरास भएर फर्कनुको विकल्प छैन उनीसँग ।

१७ जना विशेषज्ञ चिकित्सक दरबन्दी रहेको अस्पतालमा दुई जना ‘फिजिसियन’ र दुईजना ‘मेडिकल अफिसर’ छन् । काजमा एक जना स्त्रीरोग विशेषज्ञ छन् ।

सरकारले विषय विशेषज्ञ चिकित्सकको व्यवस्थापन गर्न नसक्दा सगरमाथा अञ्चल अस्पतालको जस्तै देशका करिब दुई दर्जन ठूला अस्पतालमा पुग्ने बिरामीको अवस्था दर्दनाक छ ।

विशेषज्ञ सेवा नपाउँदा ज्यान गुमाउनेको संख्या बढ्दै छ । पूर्वदेखि पश्चिमसम्मका जिल्ला, अञ्चल र क्षेत्रीय अस्पतालको विशेषज्ञ सेवा दयनीय छ ।

# आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार  छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *