बाढी प्रभावित क्षेत्रमा उद्धार उपचार र राहतका लागि स्वास्थ्यको तयारी यस्तो
काठमाडौँ, २९ साउन । स्वास्थ्य मन्त्रालयले आपतकालिन कार्यसञ्चालन केन्द्र (एचइओसी) सञ्चालनमा ल्याएको छ । बाढी प्रभावित जिल्लाहरुको अवस्थाको जानकारी आदानप्रदान गर्न मन्त्रालयले आपतकालिन कार्यसञ्चालन केन्द्र सञ्चालनमा ल्याएको हो । यो केन्द्र दुई बर्ष अघि गएको विनासकाली भुकम्पका बेला यसैगरी सञ्चालनमा ल्याइएको थियो ।
स्वास्थ्य मन्त्रालयमा आज आयोजित आकस्मिक पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले विहान ९ ३० देखि बेलुका ५ बजेसम्म केन्द्र खुल्ला रहने र बाढी पहिरो प्रभावित क्षेत्रको गतिविधीको जानकारी आदानप्रदान गर्ने बताए ।
आपतकालिन केन्द्रमा २४ सै घण्टा सम्पर्कमा रहन सत्य आचार्य, भिम सापकोटा, लक्ष्मी मरासिनी, संन्जिव गौतम र उपेन्द्र केसी खटिएको जानकारी दिइयो ।
मन्त्री पोखरेलले विपतको बेला स्वास्थ्यकर्मीहरुलाई विदामा नबस्न, अन्य कार्यक्रम भए स्थगित गर्न र उद्धार तथा उपचारमा खटिन निर्देशन दिएका छन् । उनले विपदबाट पर्न गएको क्षतिको तत्काल मूल्याङ्कन गर्न कमिटि गठन गर्ने र त्यसले दिने प्रतिवेदनको आधारमा कार्ययोजना बनाइ अघि बढने बताए ।
उनले सो कार्यका लागि प्राविधिक सल्लाहाकार समिती ले प्राविधक सहजिकरण गर्ने समेत जानकारी गराए ।
आपतकालिन केन्द्रमा आपतकालीन कार्यसञ्चालन केन्द्रमा २४ सै घण्टा सम्पर्कमा रहन सत्य आचार्य, भिम सापकोटा, लक्ष्मी मरासिनी, संन्जिव गौतम र उपेन्द्र केसी खटाइने जनाइएको छ ।
मन्त्रालयले जिल्लाका स्वास्थ्य संस्थाहरूबाट स्कुलहरू र अन्य क्षेत्रमा क्याम्प खडा गरी वसेका जनताको स्वास्थ्य अवस्था र उनीहरुलाई रोग लाग्न नसक्ने गरि स्वास्थ्य सुरक्षा विधिको नियमित अनुगमन गर्ने बताइएको छ ।
त्यस्तै रोगको रोकथाम र स्वास्थ्य सुदृढिकरण सम्वन्धमा सूचना प्रवाह गर्न राष्टिय स्वास्थ्य शिक्षा तथा सूचना तथा संञ्चार केन्द्रले गर्ने, बाढी प्रभावित जिल्लाका सबै अस्पतालहरूमा ७ दिनको लागी प्रभावितहरूको लागि निशुल्क स्वास्थ्य सेवा दिने, बाढी पश्चात देखिने रोगहरू जस्तै झाडा पखाला, हैजा आउ, हेपाटाइटिस, टाईफाइड र सर्पदंश जस्ता समस्याहरू देखापर्न सक्ने भन्दै मन्त्रालयले आवश्यक, औषधि र स्वास्थ्य कर्मि तयारी अवस्थामा राख्ने काम भएको जनाएको छ । उसले विपपदमा खटिने स्वास्थ्यकर्मीहरूको लागी रेस्क्यु ज्याकेटको व्यवस्था गर्ने निर्णय भएको जनाएको छ ।
सम्पर्क इमेल : [email protected]