स्वास्थ्यको बजेट दोब्बरले बढाउने स्वास्थ्य मन्त्रीको घोषणा

2.0k
Shares

काठमाडौँ, २३ साउन । स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले आगामी आर्थिक बर्षमा स्वास्थ्यको बजेट ८ प्रतिशत (झण्डै दोब्बर) पुरयाउने घोषणा गरेका छन् । चालु आर्थिक बर्षमा सरकारले स्वास्थ्यलाई ४.२ प्रतिशत मात्रै बजेटको भाग लगाएको छ ।

आइतबार मन्त्रालयमा आयोजित प्रतिवद्धता सार्वजनिक कार्यक्रममा मन्त्री पोखरेलले स्वास्थ्यमा गरिने खर्च आर्थिक भार नभई लगानी हो भन्दै यसले कैयौँ गुना प्रतिफल दिने समेत दावी गरे ।

झण्डै १२ बर्ष अघि पहिलो पटक स्वास्थ्य मन्त्री हुँदा छुट्याएको ७.२ प्रतिशत बजेट अहिलेसम्मकै बढी भएको भन्दै आगामी बर्ष त्यो भन्दा बढी बजेट विनियोजन गर्ने आफ्नो लक्ष्य रहेको प्रतिवद्धता रहेको सार्वजनिक गरे ।

उनले चुरोट र मदिरा जस्ता हानिकारक बस्तुहरुमा लाग्ने करमा बृद्धि गराई त्यसबाट प्राप्त हुँने रकमले संविधानमा उल्लेखित स्वास्थ्यमा सबैको पहुँचलाई पुरयाउने सुनिश्चित गरे ।

स्वास्थ्यमा आफूले नेतृत्व गरिरहँदा यसभन्दा अघिका सरकारले स्वास्थ्य क्षेत्र सुधारका लागि गरेका औचित्यपूर्ण नीति तथा कार्यक्रमर्ला निरन्तरता दिने बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “स्वास्थ्यको बजेट दोब्बरले बढाउने स्वास्थ्य मन्त्रीको घोषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *