आफ्ना ६ बुदेँ मागमा चासो नदिएको भन्दै स्ववियूको प्रदर्शन

काठमाडौँ, १८ साउन । आफ्नो छ बुँदै माग पुरा गर्न दवाव दिन भन्दै महाराजगञ्ज मेडिकल कलेजका विद्यार्थीले रयाली निकालेका छन् । उनीहरुले चिकित्सा शिक्षा सुधारका माग राख्दै अनसन बसेका डा गोविन्द केसी प्रतिको जायज माग पुरा गर्न समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।
महाराजगञ्ज क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको अगुवाईमा भएको रयाली माइतीघर बानेश्वरसम्म पुगेर कोणसभामा परिणत भएको थियो । उक्तकोणसभामा बोल्दै स्ववियु अध्यक्ष डा मिलन गैरेले डीन कार्यालयले अनाधिकृत रुपमा विद्यार्थी भर्ना गरेको, अव्यभारिक रुपमा पीजीमा आरक्षण सुरु गरेको, विद्यार्थीलाई विशेषज्ञ भन्दै कम्युनिटी पोष्टिगमा पठाएको तर तोके अनुसार सुविधान नदिएको लगायका धारणा राखे ।

उनले स्ववियुले ती लगायतका ६ बुदे मागमा सुनुवाई नभएपछि डिन कार्यालयमा ताला लगाएको बताए । उनले आफूहरुका माग पुरा नहुँदासम्म तालबन्दी जारी रहँने समेत उल्लेख गरे । सभापति गैरेले त्रिवि शिक्षण अस्पतालमा विभिन्न माग राखी अनसनमा बसेका डा केसीका जायज माग सरकारले पुरा गर्नुपर्नेमा जोड दिए ।
त्यसो त डीन कार्यालयमा तालाबन्दी गरेपछि स्ववियू र डा केसीबीचको सम्वन्धमा केही दरार देखा परेको थियो । आफ्ना आन्दोलनमा समर्थन माग्न जान खोजेका स्ववियुको नेतृत्वलाई केसीले ताला खोलेपछि मात्रै भेट दिने बताएका थिए । अनसन बस्नु अघि गरिएको पत्रकार सम्मेलनमा पनि डा केसीले डीन कार्यालयमा तालाबन्दी गर्नेहरु माफियाको दलाल भएको आरोप लगाएका थिए । 
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




