म्यानमारमा डेंगुको प्रकोप बढ्यो

म्यानमार, २४ असार । म्यानमारमा पनि डेंगुको प्रकोप बढेको समाचार छ । सो प्रकोप फैलिएपछि यहाँ १६ जनाको मृत्यु भएको छ ।

उक्त प्रकोपबाट म्यानमारमा एक हजार १ सय १४ जना प्रभावित भएको समाचारमा जनाइएको छ ।

म्यानमारको रेखिन राज्यमा फैलिएको डेंगुका कारण गत जुलाई ५ देखि यता १६ जनाको मृत्यु भएको म्यानमारको सरकारी सञ्चार माध्यमले शनिबार जनाएको छ ।

डेंगुको प्रकोप रेखिन राज्यको मिनवाई, किउक्टाव, टाउङगप र सिट्वे लगायतका ठाउ र ग्रामीण क्षेत्रमा बढी देखिने गरेको रेखिन राज्यका स्वास्थ्य विभागका अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रभावित क्षेत्र र विद्यालयहरुमा डेंगु विरुद्धको सचेतना जगाउन र केही कदमहरु चाल्नका लागि अधिकारीहरुले छलफल चलाएका छन् ।

प्राय जुन र जुलाई महिनामा यस्ता प्रकोपहरु बढी फैलिने गरेको छ । यो बेला लामखुट्टे बढी हुने बेला भएकाले यस्ता रोगहरुको प्रकोप जुन र जुलाइमा बढी हुने गरेको उनीहरुको भनाई छ ।

टाउको दुख्ने, उच्च ज्वरो आउने, जोर्नी र मासुमा दुखाइ हुने, बान्ता हुने लगायतका लक्षण डेंगुको जिवाणुका कारण देखिने चिकित्सकहरु बताउछन् ।

यसबर्ष मात्र म्यानमारमा देशभरमा झण्डै तीन हजार ३०४ जनामा डेंगुको जिवाणु फैलिएको पाइएको छ । रासस÷सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *