रोगबारे गरिने हाम्रा परीक्षण पर्याप्त छन् त ?

केही समय अघि संयुक्त राष्ट्र संघको एक अध्यनले मानिसको एक ग्राम दिसामा एक करोड भाइरस, १० लाख ब्याक्टेरिया, एक हजार परजीबी, र अण्डा एक सय हुनसक्ने नतिजा सार्बजनिक गरेको थियो।
तर नेपालमा यी मध्ये तोकिएका केही किटाणुको मात्रै खोजी गरिन्छ । स्पष्ट रुपमा भन्नु पर्दा हाम्रा केन्द्रीय अस्पताल प्रयोगशाला आदिमा अहिले पनि सल्मोनेला, शिगेला र हैजाको मात्र कल्चर गर्ने गरिन्छ। जियाजियार्ससीस र इ. हिस्टोलाईटिका जस्ता प्रोटोजोवा र केही परजीबीको उपस्थिति छ कि छैन भनेर मात्रै हेर्ने गरिन्छ।
झाडापखाला गराउने जिबाणुहरु धेरै खालका हुने भएपनि कहिले पनि पत्ता लाग्ने वा लगाउने कोशिस गरेको पाइदैन। यसले गर्दा हरेक वर्ष एउटा ठुलो समूह अज्ञात जिबाणुको कारणले डापखालाबाट प्रभावित भैरहने गरेका छन् ।
हैजा एक अति संबेदनशील र क्षण भरमै उपचार नपाए मृत्यु समेत गराउने रोग हो । त्यसैले यसको ब्याक्टेरियाप्रति सबैको चासो भएको देखिन्छ। तर बिडम्बना यसको निश्चित निदान जनस्वास्थ केन्द्रिय प्रयोगशालामा मात्र गर्ने भएकोले निदान हुने प्रक्रिया भने जहिले पनि ढिलो हुने गरेको छ ।
यसबाट उपचारमा बिना प्रमाण अनुमानको भरमा बहुएन्टीबयोटिकको अति प्रयोग हुने गरेको देखिन्छ । यसको रिपोर्ट चिकित्सक वा सम्बन्धित निकायसम्म आइपुगी कार्वान्यन गर्दा सम्म धेरैलाई हैजाले समाती सकेको देखिन्छ।
त्यसैले बर्षेनी देखिने झाडापखालाको कम्तिमा पनि आधारभूत सर्बे गरेर कुन जिबाणु नेपालमा बढी मात्रामा छ भन्ने जानकारी भए चिकित्साकर्मीहरुलाई उपचार गर्न सहज हुने थियो।
एक गिलास पानीमा एक करोड व्याक्टेरिया ?
स्विडेनको एक युनिभर्सिटीले गरेको अनुसन्धानको नतिजाले एक गिलास सफा पिउने पानीमा एक करोड ब्याक्टेरिया पाएको तथ्य उजागर गरेको थियो। तर ती अनुसन्धान टोलीका एक सदस्यका अनुसार ती मानिसलाई राम्रो गर्ने ब्याक्टेरिया हुन् सक्ने कुरा अनुमान गरेका थिए। त्यो बिकशित देशको अध्ययन भएकोले नेपाल जस्ता अतिकम बिकशित देशमा के हुन सकला भनेर अनुमान भने गर्ने स्थिति देखिदैन।
जनस्वास्थका एक प्रस्तुतकर्ताको खोजलाई आधार मानेर हेर्ने हो भने नेपालमा यो ठिक उल्टो भएको पाइन्छ । हामीले प्रयोग गर्ने खानेपानी अधिकाश स्रोतहरुमा कोलीफोर्मका किटाणुहरु रहेको देखिएको अहिले भइरहेका विभिन्न अध्ययनहरुले देखाई रहेका छन् ।
दुइ बर्ष अगाडी मैले गरेको अनुसन्धानमा ५० प्रतिशत भन्दा बढी हैजाका बिरामीले कम्पनी नै थाहा नभएको जारको पनि उपभोग गरेका थिए। यसबाट हाल नेपालमा झाडापखाला फैलने नयाँ तरिकादेखिएको पुष्टि हुन्छ।
त्यसले सरकारले अहिले भन्ने गरेको बच्ने उपायहरु मात्र पर्याप्त छैन भन्ने मेरो स्पष्ट धारणा हो । तसर्थ यात अनुगममा कडाई गर्नु पर्ने हुन्छ यात हामी आफै सजक हुनुपर्ने अवस्था देखिन्छ।
काठमाडौँमा भैरहेको ढल तथा खानेपानीको निर्माण वा मर्मत अरु केही बर्ष लम्बिएमा झाडापखालाका बिरामी अरु बढ्नेछ भने गलत हुँदैन । गत वर्ष अघिल्लो बर्ष भन्दा दोब्बर संख्यामा हैजाका बिरामी देखिएकोबाट पनि अनुमान गर्न सकिन्छ।
त्यसैले बर्खाको बेला छ तपाईँ नेपालको जहाँसुकै हुनुहोस तर खानेपानी उमालेको मात्रै प्रयोग गर्नुहोस । जार वा बोतलको पानी खाएको छु भनेर ढुक्क हुने अवस्था अहिले पनि छैन । जुनसुकै बेला समस्या पार्न सक्छ ।
# डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् ।
सम्पर्क इमेल : [email protected]