आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकमा डा. बासुदेव उपाध्याय

काठमाडौं, १ जेठ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकको जिम्मेवारी डा बासुदेव उपाध्यायले पाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै विभागको महानिर्देशकको जिम्मेवारी डा. वासुदेव उपाध्यायलाई दिने निर्णय गरेकी हुन् ।
विभागमा निमित्त महानिर्देशकको भूमिकामा १० औँ तहका डा श्यामबाबु यादव थिए । ११औं तहका डा उपाध्याय भने आयुर्वेद चिकित्सालय नरदेवीको निर्देशकका रूपमा कार्यरत थिए।
डा. उपाध्याय विभागमा सरुवा भएपछि नरदेवी आयुर्वेद चिकित्सालयको निर्देशक पद भने हाललाई रिक्त नै राखिएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



