एघारौँ तहमा बढुवा हुन तीन नर्सलाई अवसर, एक जना मात्रै सिफारिस

8.5k
Shares

काठमाडौं, २३ जेठ । स्वास्थ्य मन्त्रालयको बढुवा समितिले एघारौं तहमा एक जना नर्सलाई बढुवाका लागि सिफारिस गरेको छ । एघारौं तहको प्रमुख अस्पताल नर्सिङ प्रशासक पदमा तीनवटा दरबन्दी खाली भएपनि एक जनालाई मात्रै सिफारिस गरेको हो ।

सिफारिस हुनेमा प्रमिला देवान तेम्बे रहेकी छन् । लोकसेवा आयोगको गत असोज २६ को सूचना अनुसार दरखास्त परेका उम्मेदवार मध्ये सोमबार बसेको बढुवा समितिको बैठकले देवानलाई बढुवा गर्ने निर्णय गरेको हो ।

सोमबारकै बैठकले एघारौँ तहको प्रमुख कन्सलटेन्ट प्याथोलोजिष्ट पदमा डा प्रभाकर कुमारलाई समेत बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *