एचआईभी एड्सका विरामीको उपचार अब नि:शुल्क
नयाँ दिल्ली, १४ बैशाख । भारतमा अव एचआईभी एड्स पीडितको उपचार निशुल्क हुने भएको छ । दुई साता अघि भारतीय केन्द्रीय संसद लोकसभाले सो सम्वन्धी विधेयक पारित गरेपछि निशुल्क हुने भएको हो ।
यो विधेयकले स्कुल तथा काम गर्ने स्थानमा समेत एचआईभी पीडितलाई भेदभाव गर्न पूर्ण रुपमा निशेध गरेको छ ।
लोकसभाले पारित गरेको विधेयकमा मुख्य कुरा के के छन ?
- एचआईभीवाला विरामीको निशुल्क उपाचार सुविधाको व्यवस्था गरिएको छ । जसको खर्च केन्द्रसरकारले तिरिदिन्छ ।
- कुनै पनि एचआईभी पीडितसंग कुनै पनि खालको भेदभाव गर्नु दण्डनीय अपराध हो ।
- एड्स पत्ता लागेको व्यक्तिलाई तुरुन्त उपचार शुरु गर्नुपर्छ ।
- एचआईभीको उपचार हुँदै गर्दा पीडीत व्यक्तिको अदालती कारबाही भएको खण्डमा तथा सरकारी रेकर्ड समेत गोप्य राख्नुपर्छ । यदि कसैले सो जानकारी सार्वजनिक गरेमा दण्डनीय अपराध हुन्छ ।
- एचआईभी एड्स पीडितको सम्पत्ती अधिकार देखि लिएर स्वास्थ्य सेवा सम्मको अधिकारमा संरक्षण गरिएको हुनेछ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



