एचआईभी एड्सका विरामीको उपचार अब नि:शुल्क

नयाँ दिल्ली, १४ बैशाख । भारतमा अव एचआईभी एड्स पीडितको उपचार निशुल्क हुने भएको छ । दुई साता अघि भारतीय केन्द्रीय संसद लोकसभाले सो सम्वन्धी विधेयक पारित गरेपछि निशुल्क हुने भएको हो ।

यो विधेयकले स्कुल तथा काम गर्ने स्थानमा समेत एचआईभी पीडितलाई भेदभाव गर्न पूर्ण रुपमा निशेध गरेको छ ।

लोकसभाले पारित गरेको विधेयकमा मुख्य कुरा के के छन ?

  • एचआईभीवाला विरामीको निशुल्क उपाचार सुविधाको व्यवस्था गरिएको छ । जसको खर्च केन्द्रसरकारले तिरिदिन्छ ।
  • कुनै पनि एचआईभी पीडितसंग कुनै पनि खालको भेदभाव गर्नु दण्डनीय अपराध हो ।
  • एड्स पत्ता लागेको व्यक्तिलाई तुरुन्त उपचार शुरु गर्नुपर्छ ।
  • एचआईभीको उपचार हुँदै गर्दा पीडीत व्यक्तिको अदालती कारबाही भएको खण्डमा तथा सरकारी रेकर्ड समेत गोप्य राख्नुपर्छ । यदि कसैले सो जानकारी सार्वजनिक गरेमा दण्डनीय अपराध हुन्छ ।
  • एचआईभी एड्स पीडितको सम्पत्ती अधिकार देखि लिएर स्वास्थ्य सेवा सम्मको अधिकारमा संरक्षण गरिएको हुनेछ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *