व्लोदानका केन्द्रीय अध्यक्ष महेन्द्रविलास जोशीको निधन

काठमाडौँ, ५ चैत । व्लड डोनर्स एशोसिएसन नेपाल व्लोदानका केन्द्रीय अध्यक्ष महेन्द्रविलास जोशीको निधन भएको छ । ५५ बर्षीय जोशीको शुक्रबार(हिजो) खोटाङको दिक्तेलमा निधन भएको हो ।
श्रीमतीलाई लिएर धार्मिकयात्रामा निस्केका जोशी खोटाङस्थित हलेशी महादेवको दर्शनका लागि दिक्तेल पुगेका थिए । मिर्गौलाका बिरामी जोशीको त्यहि स्वास्थ्यमा थप गडबढी भएर निधन भएको व्लोदानका महासचिव सानुबाबु प्रजापतिले जानकारी दिए ।
विसं २०४० सालमा व्लड डोनर्स कार्यक्रममा सहभागी भएका जोशी २०४७ सालपछि व्लड डोनर्स क्लवमा आवद्ध भएका थिए । विसं २०६२ सालदेखि भने व्लड डोनर्स एशोसिएसनको केन्द्रीय अध्यक्षको रुपमा कार्यरत थिए ।
स्वर्गीय जोशीको शव आज विहान खोटाङबाट राजधानी ल्याइएको थियो ।
सम्पर्क इमेल : [email protected]