चीनमा सङ्क्रामक रोगका कारण गत वर्ष अठार हजारको मृत्यु

0
Shares

बेइजिङ (चीन), १३ फागुन । चीनमा सन् २०१६ मा सङ्क्रामक रोगका कारण १८ हजार २३७ जनाको मृत्यु भएको बिहीबार सार्वजनिक भएको चिनियाँ सरकारी तथ्याङ्कमा जनाइएको छ ।

सन् २०१६ मा करिब ६९ लाख चिनियाँ विभिन्न सङ्क्रामक रोगका कारण बिरामी परेकामा १८ हजार २३७ जनाको मृत्यु भएको राष्ट्रिय स्वास्थ्य तथा परिवार नियोजन आयोगले जनाएको छ ।

सो समयमा एक जनाको प्लेग (पेसिलेन्स) र २७ जनाको हैजाको उच्च जोखिमयुक्त क वर्गको सङ्क्रमण भए पनि सबै जना उपचारपछि घर फर्किएको आयोगले बताएको छ ।

सन् २०१६ मा देखिएका करिब २९ लाख व्यक्तिमा ख वर्गको सङ्क्रमण भेटिएको थियो । जसका कारण १७ हजार ९६८ जनाको मृत्यु भएको चीनले बताएको छ ।

एचआईभी÷एड्स, क्षयरोग, रेबिज, हेपाटाइटिस र बर्ड फ्लुका कारण मृतकमध्ये ९८.८ प्रतिशतको मृत्यु भएको थियो ।

त्यस्तै ग वर्गको रोगको सङ्क्रमण ३९ लाख व्यक्तिमा देखिएकोमा २६९ जनाको यसबाट मृत्यु भएको आयोगले जानकारी गराएको छ । रासस/सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *