चीनमा सङ्क्रामक रोगका कारण गत वर्ष अठार हजारको मृत्यु

बेइजिङ (चीन), १३ फागुन । चीनमा सन् २०१६ मा सङ्क्रामक रोगका कारण १८ हजार २३७ जनाको मृत्यु भएको बिहीबार सार्वजनिक भएको चिनियाँ सरकारी तथ्याङ्कमा जनाइएको छ ।

सन् २०१६ मा करिब ६९ लाख चिनियाँ विभिन्न सङ्क्रामक रोगका कारण बिरामी परेकामा १८ हजार २३७ जनाको मृत्यु भएको राष्ट्रिय स्वास्थ्य तथा परिवार नियोजन आयोगले जनाएको छ ।

सो समयमा एक जनाको प्लेग (पेसिलेन्स) र २७ जनाको हैजाको उच्च जोखिमयुक्त क वर्गको सङ्क्रमण भए पनि सबै जना उपचारपछि घर फर्किएको आयोगले बताएको छ ।

सन् २०१६ मा देखिएका करिब २९ लाख व्यक्तिमा ख वर्गको सङ्क्रमण भेटिएको थियो । जसका कारण १७ हजार ९६८ जनाको मृत्यु भएको चीनले बताएको छ ।

एचआईभी÷एड्स, क्षयरोग, रेबिज, हेपाटाइटिस र बर्ड फ्लुका कारण मृतकमध्ये ९८.८ प्रतिशतको मृत्यु भएको थियो ।

त्यस्तै ग वर्गको रोगको सङ्क्रमण ३९ लाख व्यक्तिमा देखिएकोमा २६९ जनाको यसबाट मृत्यु भएको आयोगले जानकारी गराएको छ । रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *