स्वास्थ्य चौकीको नेतृत्व ‘हेल्थ असिस्टेन्ट’लाई नै

काठमाडौँ ३ फागुन । सरकारले स्वास्थ्य चौकीको नेतृत्व हेल्थ असिस्टेन्ट (हेअ)ले नै गर्ने व्यवस्थालाई निरन्तरता दिएको छ । स्तरबृद्धि भई छैटौ तहमा पुगेका सीअहेवले हेअको नेतृत्वमा आफू नबस्ने र नेतृत्व आफूले नै पाउनुपर्ने भन्दै आन्दोलन गरेका थिए ।

आज बसेको मन्त्री परिषदको बैठकले स्वास्थ्य चौकीको नेतृत्व हेल्थ असिस्टेन्टलाई दिने र सीअहेवलाई तत्काल पुल दरबन्दी सिर्जना गरि माथिल्ला निकायमा व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य मन्त्रालयका सहसचिव डा भोलाराम श्रेष्ठले छैटौ तहका सीअहेवलाई जिल्ला, अञ्चल तथा केन्द्रीय अस्पतालमा पुल दरबन्दी सिर्जना गरि व्यवस्थापन गर्ने निर्णय भएको बताए ।

स्वास्थ्य चौकीको नेतृत्व कसले गर्ने भन्ने बारेमा हेअ र सीअहेवबीचको विवाद बढदै जाँदा यहि फागुन ७ र ८ गते खुवाउने पोलियो खोप कार्यक्रम समेत स्थगित भएको छ ।

सीअहेव र हेअका कर्मचारीहरु विगत दुई महिना देखि मन्त्रालय केन्द्रीत आन्दोलन गर्दै आएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

17 thoughts on “स्वास्थ्य चौकीको नेतृत्व ‘हेल्थ असिस्टेन्ट’लाई नै

  1. कुन आधार मा मंत्रि परिषदले यस्तो निर्णय गर्यो ।सिअहेब अधिकृतको मर्यादाक्रम के हुने यो मुख्य कुरा हो ।स्वास्थ्य मंत्रालय ,मंत्रिले स्वास्थ्य ऐनमा भएको कुरा पालना गर्नु पर्दैन ,के यिनि हरूको लागि बिधिसास्त्र नै फरक हो ।के यिनि हरू स्वास्थ्य मंत्रालयका फुकुवा डामेर छोडेका सॉंढे हरू हुन ???

  2. एक छिन को खुशी हुन्छन् त्यो ठुलो कुरा हैन .. लोकतन्त्र मा कानुनि राज्य हुनुपर्छ।कानुन भन्दा माथि बन्ने अधिकार कसैलाई छैन, उदाहरण पुलिस पर्मुख नियुक्ति प्रकरण हेर्न सकिन्छ।
    हो कानुन सच्याउन जरुरी भएका कुरा बहस गर्दै सच्याउन सकिन्छ तर ???

  3. good desion mantralaya pane k garos ta pacho ma path istapana nabhaya ka lai marada karam danu nai thulo kura ho h.a helth post incharge huna bhaya ne to bhanda thulod sastama pol ma rakna bhayo ne hoina ra

  4. SrAHW ko haisiyat vaneko medical superintendent hola. Officer hun ni ta hakim saab haru.ani aaba red pen liyera emergency ticket ma sign garne .hahaha hah .

    1. तिमिहरु पनि त भोलि गएर अफिसर हुन्छौ । बोल्न लाज लाग्दैन साला गधाहरु ।

  5. pahila gagan thapa mantri bata rajjya mantri ko muni basera kam garnu parcha testai sachiv senendra saakhha adhikrit ko muni basi kam garnu parxa ani thana huncha sinior ra junior ko farak. k kaanun le tokeko officer 6th lai assitant 5th ko under ma rankhna milxa khana xa yesto kaanun .

  6. Jabo talab bhatta khanko lagi officer pad paudai ma 3 years padheko senior staff HA ko ghaati samatan milchh r…? Kasai ko adhikaar khoser adhikar magnu naitikta le pni mildain ke.

    1. तिमिहरु पनि त भोलि गएर छैठौं र सातौं हुन्छौ ।

  7. Great discussion… Kam melara garna ho tara inchargeshift herna vanya entry level lai hernu parxa SrAHW le management ko sabai kura ne ta taha hunna

Leave a Reply

Your email address will not be published. Required fields are marked *