अनुगमन टोलीद्वारा बिराटनगरका तीन दर्जन औषधि पसलमा तालाबन्दी

0
Shares

tala
विराटनगर, ६ मंसिर –  संयुक्त अनुगमन टोलीले मोरङमा तीन दर्जन औषधि पसलसहित विभिन्न चिकित्सकको क्लिनिकमा तालाबन्दी गरेको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा गठित संयुक्त अनुगमन टोलीले बिना इजाजतपत्रका औषधि पसल, चिकित्सकको क्लिनिक, पोलिक्लिनिक, डाइगोनेस्टिक सेन्टर र नर्सिङहोममा तालाबन्दी गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय, मोरङका प्रमुख चन्द्रदेव मेहताले जानकारी गराएका छन् ।

यही मङ्सिर १ देखि ५ गतेसम्ममा विराटनगर, रङ्गेली, टङ्कीसिनुवारी, उर्लाबारीसमेत गरी ८५ वटा पसलमा अनुगमन गर्दा बिना इजाजतपत्र र नवीकरण नभएका त्यस्ता औषधि पसल र क्लिनिकमा तालाबन्दी गरिएको उनले जानकारी गराए ।

जिल्ला जनस्वास्थ्य कार्यालय, मोरङका अधिकृत शिवनारायण यादवको संयोजकत्वमा सञ्चालित सो टोलीमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, औषधि व्यवस्था विभाग कार्यालय, विराटनगरका प्रमुख र प्रहरीको समेत सहभागिता रहेको थियो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *