सेती अञ्चल अस्पतालमा १०-५ ओपिडी सेवा अझै कार्यन्वयन आएन

seti

धनगढी, ६ मङ्सिर – अस्पतालको बहिरङ्ग (ओपिडी) सेवा अपराह्न ५ बजेसम्म खुला गरेर सर्वसाधारणलाई उपचार सेवा दिन गरिएको परिपत्र सेती अञ्चल अस्पताल धनगढीमा अझै कार्यान्वयन हुन सकेको छैन ।

दिनमा थोरै समय मात्र ओपिडी सेवा खुल्ने गरेका कारण पालो नपाएर अधिकांश बिरामीले सेती अञ्चल अस्पतालबाट सहजरुपमा उपचार सेवा पाउन नसकिएको गुनासो वर्षौंदेखि रहेको छ । ओपिडी सेवा लामो समय नखुल्दा यसरी आउने बिरामी अस्पताल आसपासमै रहेका निजी क्लिनिकमा महँगो शुल्कमा उपचार गराएर फर्किन बाध्य हुने गरेका छन् ।

ओपिडी सेवामा स्वास्थ्य परीक्षण गर्नका लागि बिहान ९ बजेदेखि १२ बजेभित्रमा लाइन बसेर नाम दर्ता गरिसक्नुपर्ने व्यवस्था छ । बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म नाम दर्ता भएका बिरामीको स्वास्थ्य परीक्षण गरी ३ नबज्दै ओपिडी सेवा बन्द हुने गरेको छ ।

मध्याह्न १२ बजेभित्र नाम दर्ता गर्न नसक्ने बिरामी उपचारबिना फर्किनुपर्ने वा चिकित्सकको निजी क्लिनिकमा महँगो शुल्क तिरेर उपचार सेवा लिनुपर्ने बाध्यतामा रहेका छन् । ्

ओपिडी सेवा बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले आसोज १८ गते परिपत्र गरेको भएपनि त्यसअनुसार काम अस्पतालमा हुन नसक्नुका कारण आफूलाई जानकारी नभएको अस्पताल प्रशासन शाखाका ललितप्रसाद पन्तले बताए ।

ओपिडी सेवालाई पनि आकस्मिक सेवासरह बनाउन सकिए स्वास्थ्य सेवामा नेपालीको सहज पहँुच हुनसक्ने भए पनि यसका लागि साधनस्रोतको उचित व्यवस्थापन जरुरी रहेको स्थानीय सेवाग्राही टिआर बिडारी बताउँछन् ।

यस अस्पतालमा दैनिक सयौँको सङ्ख्यामा विभिन्न रोगका बिरामी उपचारका लागि आउने गर्दछन् । विसं २०४० मा अञ्चल अस्पताल बनेको यो अस्पतालमा दक्ष एवम् विशेषज्ञ चिकित्सकको अभाव रहेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “सेती अञ्चल अस्पतालमा १०-५ ओपिडी सेवा अझै कार्यन्वयन आएन

  1. yesma lekheko vanda ni ghatiya xa seti ko halat opd time 10-12 hunxa doctor 11baje aauxa tyo vanda agadi cma le checkup garxa 12 baje opd banda hunxa ani sidai 2baje khulxa doctor basdaina cma /anm le herxa ha ni xaina doctor navayeko hoina seti kai staff le patient lai afno niji clinic ma aauna vanxa echo ko lagi serious case lai admit nagari afnsi clinic ma thankayer rakhxa echo garer refer garxa tyo patient attariya napugdai marxa kartik 27gateko case ho yo …..

Leave a Reply

Your email address will not be published. Required fields are marked *