सुर्ति नियन्त्रणमा नेपाल : गतवर्ष अन्तर्राष्ट्रिय पुरस्कार यसपटक गयल !

cop7-indiaकाठमाडौँ, २७ कात्तिक – सुर्तिजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चेतावनीमुलक चित्रंअकित स्वास्थ्य सन्देश राख्ने निर्णय गरेर गतवर्ष एक करोड डलर पुरस्कार पाएको नेपाल यसपटक सोही सम्वन्धी अन्तराष्ट्रिय सम्मेलनमा भने गयल भएको छ ।

भारतको नोयडामा आज समापन हुने गरी गत साता देखि जारी सुर्ति नियन्त्रणमा अन्र्तराष्ट्रिय अनुवन्ध (फ्रेमवर्क कन्भेन्सन अन टोवाको कन्ट्रोल एफसीटीसी)अनुमोदन गर्ने १८१ राष्ट्रहरुको सम्मेलनमा नेपालबाट सरकारी प्रतिनिधी नगएपछि गयल भएको हो ।

सुर्तिजन्य पदार्थको प्याकेटको ९० प्रतिशत भाग चेतावनीमुलक चित्रअंकित स्वास्थ्य सन्देश ले छोप्नुपर्ने निर्णय गरेर संसारमै प्रथम भएको नेपालका लागि विश्व स्वास्थ्य संगठनको आयोजनामा भएको यो सम्मेलनमा उपस्थिति महत्वपूर्ण अबसर हुन सक्थ्यो । तर स्वास्थ्य मन्त्रालयका जिम्मेबार पदाधिकारीहरुको चलखेलका कारण नेपालले यसपटक यो अबसर गुमाएको छ ।

सम्मेलनमा गैरसरकारीसंस्थाका तर्फबाट भाग लिन पुगेका मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मी र प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले सम्मेलनमा नेपाल सरकारबाट सहभागी नहुँदा लज्जित हुनुपरेको बताए । ‘हरेक प्रशंगमा नेपालले लागू गरेको ९० प्रतिशत पीएचडव्लुको बारेमा प्रशंग उठ्थ्यो र नेपाल सरकारका प्रतिनिधिलाई भनिदिन आग्रह हुन्थ्यो तर त्यहाँ सरकारी प्रतिनिधिहरु नै कोही देखा परेनन्’ मुल्मीले भने, ‘यसले गतवर्ष पाएको वाहवाहीलाई थोरै खुम्च्याएको छ । सरकारका प्रतिनिधिहरुको गैरजिम्मेबारी छताछुल्ल भएको छ ।’

‘सचिवकै कार्यकक्षबाट पत्र हरायो’

स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीले पत्र ढिला पाएको कारण प्रतिनिधि पठाउन नसकेको बताएका छन् । उनले भने, ‘७ नोभेम्बरबाट कार्यक्रम हुँदै रहेछ । त्यसको अघिल्लो दिन साझ मात्रै म कहाँ पत्र आइपुग्यो । त्यसबेला कसलाई पठाउने ? त्यसैले कोही नगएको हो । तर कार्यक्रम जानुपर्ने नै हो ।’

तर मन्त्रालयका तत्कालिन उपसचिव खिमानन्द भुसालले सचिव उप्रेतीकहाँ १ भदौमै पत्र पुगेको बताए । ‘मलाई राम्ररी थाह छ पत्र पहिल्यै आएको थियो । १ भदौमै को जाने भन्ने निर्णयका लागि पत्र सचिव समक्ष पुगेको हो । तर अन्तिम समयतिर पत्र हरायो भनियो । त्यसपछि ओसी कपी लिएर फेरी गइयो तर त्यसको पनि निर्णय भएन । किन भएन थाह भएन,’ भुसालले भने ।

स्रोतका अनुसार सम्मेलनमा सूर्ति नियन्त्रण कार्यक्रमका फोकल पर्सन तत्कालिन कानून सचिव भुसाल जाने तय भएको थियो । तर उनको बीचमै सरुवा भयो । त्यसपछि कसलाई पठाउने नपठाउने भन्नेमै मन्त्रालयका पदाधिकारीहरु बाँझिएर बसे ।

मन्त्रालय नीति योजना महाशाखाका प्रमुख भोगेन्द्र डोटेलले आफूले सो सम्वन्धमा अन्तिम समयमा आएर जानकारी पाएको भन्दै तर अन्तिममा प्रयास गर्दा नभएको प्रतिक्रिया दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *