सचेत रहनुहोस, ‘स्तनमा गिर्खा नभईकन पनि स्तन क्यान्सर हुनसक्छ ‘

brest-cancer

बीबीसी – स्तन क्यान्सरको पहिलो र मुख्य लक्षण भनेकै स्तनमा  गिर्खा गाँठा गुठी हुनु हो । तर लण्डनका बैज्ञानिकहरुले स्तनमा  गिर्खा नदेखिएका महिलाहरुलाई पनि स्तनक्यान्सर हुन सक्ने दावी गरेका छन् ।

भर्खरै गरिएको अनुसन्धानलाई हवाला दिदै उनीहरुले महिलाहरुलाई  गिर्खा बाहेकका अन्य लक्षणहरु पनि हुनसक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् ।

युनिभर्सिटी कलेज लण्डनका बैज्ञानिकहरु भर्खरै स्तन क्यान्सर पत्ता लागेका २ हजार ३ सय महिलाहरुको लक्षण केलाएका थिए । सो क्रममा हरेक ६ मध्ये १ जनालाई स्तनमा गाँठा गुँठी नै नदेखिईकन क्यान्सर भएको पाइएको थियो । सोही कारण उनीहरुले स्तन क्यान्सरको लक्षण स्तनमा गाँठा बाहेक अन्य पनि हुनसक्ने भन्दै सचेत गराएका हुन् ।

महिलाहरुले स्तनमा गाँठा आएको मात्रै क्यान्सर हुनसक्ने भन्दै अन्य लक्षणको वेवास्ता गरेको पाइयो । जसले गर्दा क्यान्सर रोगको पहिचान धेरै ढिला हुन गयो । नेशनल क्यान्सर रिसर्च इन्स्टिीच्युटका निर्देशक डा क्यारेन केनडीले भने, क्यान्सर रोग जति ढिलो पत्ता लाग्यो उत्तिकै जोखिम हुन्छ ।

डा केनडीले काखी निर सुन्निने, स्तनको निप्पलमा परिवर्तन हुने, स्तनबाट रगत आउने, स्तनमा विमिरा आउने जस्ता लक्षण क्यान्सरको हुनसक्ने भन्दै यस्तो लक्षण आएमा परीक्षण गरिहाल्न सुझाव दिएका छन् ।

उता अनुसन्धानकर्ताहरुले स्तनका गाँठा गुठि बाहेक अन्य लक्षणले पनि क्यान्सर रोग लागेको नलागेको थाह हुनसक्ने भन्दै महिलाहरुलाई आफै जाँच गर्ने केही सुझाव दिएका छन् ।

brest-cancer

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *