क्यान्सर पीडित बालकको उपचारका लागि गाँउलेले गरे आर्थिक सहयोग

0
Shares

neplese-rupese

मोरङ, २२ कात्तिक –  मोरङको पथरीशनिश्चरे–८ जिरिखिम्तीका क्यान्सर पीडित १२ वर्षीय उत्सव धिमालको उपचारका लागि स्थानीयले रु ९५ हजार १११ सङ्कलन गरी हस्तान्तरण गरेका छन् ।

विपन्न परिवारका उत्सवको उपचारमा समस्या भएपछि नेकपा ९एमाले० मोरङ क्षेत्र नम्बर २ तथा त्रिवेणी युवा समूहको अगुवाइमा ऐयाबारीमा सङ्कलित सो रकम एक कार्यक्रमका बीच सांसद चण्डीप्रसाद राईमार्फत पीडितका बाबु छत्रबहादुर धिमाललाई हस्तान्तरण गरियो ।

उत्सवलाई बचाउनका लागि साजन धिमालको संयोजकत्वमा ‘उत्सव धिमाल बचाउँ अभियान समिति’ खडा गरी आर्थिक सङ्कलन कार्य अगाडि बढाइएको छ । उत्सवको काठमाडौँस्थित दीर्घायु अस्पतालमा ब्रेन ट्युमर भनेर शल्यक्रिया गरे पनि क्यान्सर नै भइसकेको भन्दै बम्बइको टाटा हस्पिटलले किमोथेरापी दिइरहेको छ ।

शल्यक्रिया, त्यसपछिको किमोथेरापीसहितका उपचारमा घर समेत धितो राखेर हालसम्म रु १५ लाख बढी रकम खर्च भइसकेको भन्दै उत्सवका बाबु छत्रबहादुरले सहयोगको याचना गरेका छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *