डेंगु प्रभावित चितवन र झापामा पठाइयो ६ सय थान किट
काठमाडौं १२ कात्तिक – सरकारले डेंगु अति प्रभावित जिल्ला चितवन र झापामा परीक्षण गर्ने किट पठाएको छ ।
भारतबाट इमरजेन्सी रुपमा झिकाइएको नौँ सय थान डेंगु परीक्षण गर्ने किट मध्ये ४ सय थान किट चितवन र २ सय थान झापा पठाइएको हो ।
बाँकी ३ सय थान किट स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा नै राखिएको छ ।
महाशाखाका निर्देशक भीम आचार्यले रोग प्रभावित क्षेत्रमा अहिले किटको अभाव नभएको बताए । उनले थप ६ सय थान किट शुक्रबार अमेरिकाबाट आउने बताए ।
त्यसो त पछिललो समयमा डेंगु रोग संक्रमितको संख्यामा कमी देखिएको छ । निर्देशक डा आचार्यका अनुसार चितवनमा नयाँ केश आएको छैन् भने झापामा बुधबार २२ र विहीबार ४ वटा नयाँ केस भेटिएको छ ।
महाशाखाका अनुसार यसबर्ष देशभरी डेंगु संक्रमित विरामीको संख्या ५२५ पुगेको छ ।