लागूऔषध प्रयोगकर्तालाई ६ करोडको सरकारी सुई ?

addict

काठमडौँ, १० कात्तिक – सरकारले लागूऔषध प्रयोगकर्तालाई १३ लाख थान भन्दा बढी नयाँ सुई उपलव्ध गराएको छ । सुई साटासाट नगरुन भन्ने उद्धेश्यले लागूऔषध प्रयोगकर्तालाई नयाँ सुई उपलव्ध गराएको हो ।

स्वास्थ्य सेवा विभाग राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले नयाँ सुई दिने र पुरानो सुई लिने कार्यक्रम (निडिल सिरिन्ज एक्सचेन्ज प्रोग्राम)का लागि मात्रै ६ करोड भन्दा बढी बजेट छुट्याएको छ ।

केन्द्रका फोकल पर्सन बीरबहादुर रावलले लागूऔषध प्रयोगकर्ताले सुई साटासाट नगरुन भन्दै यस्तो कार्यक्रम ल्याएको बताए । उनले केन्द्रले प्रयोगकर्तालाई मुख उपचार पद्धपी ( ओएसटी) कार्यक्रम समेत सञ्चालन भइरहेको बताए । यो कार्यक्रममा लागूऔषध प्रयोगदर विस्तारै कम गर्दै जान भन्दै कम डोजका लागूऔषध वितरण गर्ने गरिन्छ ।

रावलका अनुसार केन्द्रले एचआइभी तथा लागूऔषध प्रयोगकर्ताको क्षेत्रमा काम गर्ने संस्थामार्फत प्रयोगकर्तासम्म सुई तथा लागूऔषध पुग्ने गरेको छ । ती संस्थाहरुले विभिन्न स्थानमा सेन्टर स्थापना गरी प्रयोगकतालाई सुई तथा औषध वितरण गर्ने गरेको छ ।

रावलले सुई उपलव्ध गराउने कार्यक्रमले एचआइभी संक्रमणदरमा निक्कै कमि आएको दावी गरे । भर्खरै सम्पन्न भएको सर्भेक्षणलाई हवाला दिँदै उनले भने, ‘सन २००२ मा लागूऔषध प्रयोगकर्ता ६८ प्रतिशतमा एचआइभी पोजेटिभ रहेकोमा सन् २०१५मा गरिएको अर्को सर्भेक्षणमा घटेर ६.४ प्रतिशतमा झरेको छ । यो त आश्चर्यजनक उपलव्धी हो नि ।’

इन्टरपीट नेपालले गतवर्ष उपत्यकाका तीन जिल्लामा ३४० जना पुरुष प्रयोगकर्तालाई सर्भेैक्षणमा सहभागी गराएको थियो । जसमा एचआइभी पोजेटिभ देखिएकामध्ये २२ प्रतिशतमा हेपाटाइटिस सी देखिएको बताए ।

केन्द्रका अनुसार काठमाडौँमा ४ हजार ५१६ जना, भक्तपुरमा १ हजार ४४१ जना र ललितपुरमा १ हजार ४७२ जना लागूऔषध प्रयोगकर्ता छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *