मानसिक सन्तुलन गुमाएका तिलकबहादुर चार बर्ष देखि साङ्लोमा
गोपालप्रसाद पोखरेल – मोरङ, ४ कात्तिक – मानसिक सन्तुलन गुमाएका मोरङ मधुमल्ला—१ का ४८ वर्षीय तिलकबहादुर कार्कीलाई विगत चार वर्षदेखि साङ्लोमा बाँधेर राखिएको छ । उनका ७८ वर्षीय बाबु दलबहादुर कार्कीका अनुसार उपचार गर्न आर्थिक अभाव भएपछि सुरक्षाको कारणले साङ्लोमा बाँधेर राखिएको हो ।
तिलकबहादुरका बाबु दलबहादुरले भने, “हराउने डरले साङ्लोमा बाँधेर राखेका हौँ । ।त्यसो त दलबहादुरलाई बूढेसकालमा छोरो साहारा बन्ला भन्ने आशा थियो । तर छोरोलाई नै साङ्लोमा बाँधेर आफैले हेरचाह गर्नुपर्ने भयो उनी दुखेसो पोख्छन् ।
आफूले छोराको उपचारका लागि सक्दो प्रयास गरेपनि आर्थिक अभावले उपचारका लागि ठूलो अस्पतालमा लैजान नसकिएको बताए । हुनपनि दलबहादुरको परिबारको सम्पत्तिको नाममा एउटा पुरानो घर र एक धुर जग्गा मात्रै छ । दलबहादुर भन्छन्, “बेचौँ कहाँ बस्ने रु”
छोराको उपचारमा ठूला अस्पतालले सहयोग गरिदिने हो भने छोराको होस फर्किने आशा उनमा जीवितै छ । तर ७८ वर्षे यी बाबुलाई हस्पिटलसम्म लाने र कहाँ कसरी बोल्ने हेक्का छैन । त्यसैले, उनी छोरो रोइकराइ गरेर पागलपनमा चिच्याएको, कराएको, हाँसेको पुर्पुरोमा हात राखेर हेर्न बाध्य हुनुहुन्छ । उनी भन्छन्, “मेरी श्रीमती पनि हालसालै खसिन्, काजकिरिया केही दिनअघि मात्र सकिएको हो ।”
श्रीमती हुँदा केही सजिलो थियो अहिले धेरै समस्या भयो । के गर्ने, कसो गर्ने रु आफ्नो देहान्त भैहाले छोरोलाई कस्ले हेर्ने रु दलबहादुरलाई निक्कै पीर छ ।
दलबहादुर कार्की स्वयम् बिरामी छन् । बुढ्यौलीले छोप्दै जाँदा पहिलेजस्तो बल छैन् । आफैँ अरूको सहारामा रुमलिने अवस्थामा छन् । उनी भन्छन्,“सकी नसकी छोराको स्याहार गर्दैछु ।” रासस