जनशक्तिको बिबरण खोज्दै स्वास्थ्य मन्त्रालय
काठमाडौँ, २ कात्तिक – स्वास्थ्य मन्त्रालयले आफ्नो मातहतका कार्यलयमा कामगर्ने प्राविधिक तथा अप्राविधिक कर्मचारीको संख्या खोजी गर्न थालेको छ । उसले क्षेत्रीय निर्देशनालय तथा जिल्लालाई मातहतका निकायले गर्ने कामका समेत उल्लेख गर्न भनेको छ ।
क्षेत्रीय स्वास्थ्य निर्देशनालय, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रले भर्नुपर्ने फारमको नमूना सार्वजनिक गर्दै मन्त्रालयले हरेक महिना सो फारम केन्द्रमा पठाउन भनेको छ ।
सोमबार नमूना फारम सहितको सूचना जारी गर्दै मन्त्रालयले कति डाक्टर कति नर्स, कति ल्याव टेक्निसियन, रेडियोग्राफर, अहेव अनमी तथा कति अप्राविधिक कर्मचारी छन सबै भरेर पठाउन निर्देशन दिएको हो ।
स्वास्थ्यमा कति कर्मचारी छन भन्ने विवरण थाह नभएको अधिकारीहरु बताउदै आएका छन् ।