मिर्गौला प्रत्यारोपण गरि प्रधानमन्त्री बन्ने म संसारकै पहिलो व्यक्ति : केपी ओली

kp-oli

काठमाडौँ, ६ असोज – पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा मिर्गौला प्रत्यारोपण गरि देशको प्रधानमन्त्री बन्ने आफू संसारकै पहिलो व्यक्ति भएको बताएका छन् ।

उनले इच्छाशक्ति र सामान्य स्वास्थ्य सावधानी अपनाउन सकेमा मिर्गौला प्रत्यारोपण गरेका व्यक्ति पनि अन्य व्यक्तिसंग हरेक क्रियाकलापमा प्रतिस्पर्धा गर्न सक्ने दाबी गरेका छन् ।

राजधानीमा बिहीबार आयोजित अंगदान तथा मिर्गौला प्रत्यारोपण विषयक एक दिने कार्यशाला गोष्टीमा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले नेपालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु नहुँदै आफूले प्रत्यारोपण गरेको र त्यसपछि पनि संक्रिय राजनीतिमा रहेको बताए ।

‘मैले सन् २००७ जुलाई महिनामा भारत गएर मिर्गौला प्रत्यारोपण गराएको हुँ त्यतिवेला अहिले जस्तो स्वदेशमै अंग प्रत्यारोपण गर्ने व्यवस्था थिएन । मैले प्रत्यारोपण गरेको एक बर्ष पछि अर्थात २००८ देखी मात्रै नेपालमा प्रत्यारोपण सेवा सुरु भएको हो,’ उनले अगाडी थपे, ‘त्यसपछि पनि म निरन्तर रुपमा राजनीतिमा संक्रिय रहेकै छु ।’

kp-oli4

उनले मिर्गौला फेल भइसकेकाको उपचार महंगो र झन्झटिलो भएकोले आफ्नो कार्यकालमा मिर्गौला फेल भएकाको डायलासिस निशुल्क हुने व्यवस्था सुरु गरेको बताए ।

कार्यक्रममा बरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा दिव्यासिंह शाहले नेपालमा मिर्गौला रोगको अवस्था र गर्नुपर्ने कार्यहरुको बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

त्यस्तै अष्ट्रेलियास्थित मोनास मेडिकल सेन्टरका प्रत्यारोपण प्रमुख डा जोन क्यानलीस, डा प्रेम ज्ञवाली लगायले अंगदान र मिर्गौला प्रत्यारोपणका विषयमा बोलेका थिए ।

एक दिने सो कार्यक्रममा विभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक तथा अष्टेलियाका तथा भारतका चिकित्सकहरुको सहभागीता थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *