गङ्गालाललाई शिक्षण संस्थाको रुपमा विकास गरिने

0
Shares

gangalal
काठमाडौँ, ५ असोज – सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रलाई दीर्घकालीन रुपमा मुटुसम्बन्धी उपचारको जनशक्ति तयार गर्न शिक्षण संस्थाको रुपमा स्थापित गरिने भएको छ ।

मङ्गलबार बसेको मन्त्रालय, केन्द्रको सञ्चालक समिति र संवद्ध पक्षबीचको बैठकले त्यसका लागि तत्काल नै कम्तिमा काठमाडौँनजिक रहेका र सम्भव भए देशका अन्य स्थानमा रहेका अञ्चल र क्षेत्रीय अस्पतालमा उपलब्ध स्रोत साधन प्रयोग गर्दै गङ्गालाल मुटु केन्द्रको प्राविधिक सहयोगमा मुटुरोगको उपचारमा सुधार गर्ने सहमति भएको स्वास्थ्यमन्त्री तथा सञ्चालक समितिका अध्यक्ष गगन थापाले जानकारी दिए ।

उनले देशका विभिन्न भागका बिरामी आर्थिक अभावका कारण उपचार पाउनबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न यस्तो निर्णय गरिएको बताए ।

बैठकले सरकारी र गैरसरकारी दुबैस्तरमा स्रोत जुटाएर गङ्गालाल केन्द्रमा आउने कुनै पनि मुटुरोगीले पैसा नहुँदा उपचार नपाउने अवस्थाको अन्त्य गर्ने विषयमा पनि सहमति गरेको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *