चौबिसै घन्टा एम्बुलेन्स सेवा सञ्चालनमा

0
Shares

ambulance2

पाँचथर, ५ असोज –  पाँचथरको ग्रामीण भेग यासोक बजारबाट चौबिसै घन्टा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ । रञ्जन सिंह बोहोरा स्मृति प्रतिष्ठानले लामो समयदेखि बिरामी बोक्ने सवारीसाधनको अभावमा समयमै अस्पताल पुग्न नसकिरहेका सर्वसाधारणलाई ध्यानमा राखेर यो सेवा सञ्चालनमा ल्याएको हो ।

इलाका स्वास्थ्य चौकी यासोकमा यसअघि पटक पटक एम्बुलेन्स सेवाको माग भइआएको भएपनि स्थानीयवासीको मागप्रति खासै ध्यान नदिइएपछि प्रतिष्ठानले आफ्नै पहलमा अक्सिजनसहितको एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको प्रतिष्ठानका प्रतिष्ठानका सञ्चालक नरेन्द्र बोहोराले बताए।

एम्बुलेन्स सञ्चालनपछि १० गाविसका स्थानीयवासीले सेवा पाउने अपेक्षा गरिएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *