चौबिसै घन्टा एम्बुलेन्स सेवा सञ्चालनमा

ambulance2

पाँचथर, ५ असोज –  पाँचथरको ग्रामीण भेग यासोक बजारबाट चौबिसै घन्टा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ । रञ्जन सिंह बोहोरा स्मृति प्रतिष्ठानले लामो समयदेखि बिरामी बोक्ने सवारीसाधनको अभावमा समयमै अस्पताल पुग्न नसकिरहेका सर्वसाधारणलाई ध्यानमा राखेर यो सेवा सञ्चालनमा ल्याएको हो ।

इलाका स्वास्थ्य चौकी यासोकमा यसअघि पटक पटक एम्बुलेन्स सेवाको माग भइआएको भएपनि स्थानीयवासीको मागप्रति खासै ध्यान नदिइएपछि प्रतिष्ठानले आफ्नै पहलमा अक्सिजनसहितको एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको प्रतिष्ठानका प्रतिष्ठानका सञ्चालक नरेन्द्र बोहोराले बताए।

एम्बुलेन्स सञ्चालनपछि १० गाविसका स्थानीयवासीले सेवा पाउने अपेक्षा गरिएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *