‘८३ प्रतिशत विवाहित किशोरी परिवार नियोजनको साधन प्रयोग गर्दैनन्’

family-planing-2

काठमाडौँ, ३ भदौ – कम उमेरमा बच्चा जन्माउनु आमा र बच्चा दुबैका लागि खतरनाक हो । तर त्यसबाट जोगिन कम उमेरमै विहे गरेका किशोरीहरुले अपनाउनुपर्ने परिबार नियोजनका साधन प्रति भने ध्यान दिएकै छैनन् ।

स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाले दिएको जानकारी अनुसार सन् २०१४को एमआईसीएसको नतिजाले कम उमेरमा विहे गरेका किशोर किशोरीमा परिवार नियोजनको साधन प्रयोगदर निकै नै कम भएको दावी गरेको छ । अध्ययनले १५ देखी १९ बर्षका विवाहितले किशोरीमा साधन प्रयोगदर जम्मा १९ प्रतिशत पाइयो । महाशाखाका निर्देशक डा. आरपी बिच्छाले भने ।

तर उनले १५ देखी ४९ बर्षसम्मका व्यक्तिले जुनसुकै परिवार नियोजनका साधन अपनाएको दर ५० प्रतिशत रहेको र आधुनिक मात्रै प्रयोग गर्नेको प्रतिशत ४७ रहेको बताए । उनले कम उमेरमा विहे गरेका किशोर किशोरीलाई परिवार नियोजनको साधन प्रयोग गरि बच्चा पाउने योजना पर सार्न लगाई आमा र बच्चाको ज्यान जोगाउनुपर्ने बताए ।

family-planing-1

नेपालका अझैपनि १३ जिल्लामा परिवार नियोजनको साधन प्रयोगदर ३० प्रतिशत कम रहेको पाइएको समेत डा विच्छाले बताए ।

यसैबीच व्यवस्थित परिबार स्वास्थ्य र विकासको आधार नारा दिएर सरकारले तेस्रो परिवार नियोजन दिवस मनाएको छ । आइतबार टेकुमा आयोजित विशेष समारोहको स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीले उद्घाटन गरेका थिए ।

family-planing-3

परिवार नियोजनको महत्व र यस बारेमा थप पैरबी र जनचेतना अभिबृद्धि गर्ने उद्धेश्यका साथ सरकारले सन २०१४ देखी हरेक बर्ष १८ सेप्टेम्बरका दिनलाई परिवार नियोजन दिवसको रुपमा मनाउदै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *