वी.पी. प्रतिष्ठानका डाक्टर नेपाल विद्याभूषण(क) पदकद्धारा सम्मानित

dharan-doctor

धरान २९ भदौ – धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरु नेपाल विद्याभूषण (क) पदकवाट सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा मुटु रोग विशेषज्ञ डा. प्रशान्त शाह, मुटु शल्यक्रिय विशेषज्ञ डा. लोकेश जैशवाल र डा. शमशेर श्रेष्ठ रहेका छन् ।

उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका वीच उक्त पदक तथा प्रमाण पत्रले सम्मान गरेको हो । डा. शाहले कार्डियोलोजी र डा. जैशवालले कार्डियोथोरासिक सर्जरीमा तथा डा. श्रेष्ठले ह्युमन एनाटोमी विषयमा विद्यावारिधी गरेकाले उनीहरुलाई राष्ट्रपतिद्धारा विशेष समारोहमा पदक तथा प्रमाणपत्रले सम्मान गरिएको हो ।

प्रतिष्ठानका निष्ठावान र सक्षम डाक्टरहरुले विशिष्ट अध्ययन पूरा गरी उच्च सम्मान पाएकोमा आफु र सिंगो प्रतिष्ठान परिवार गौरावान्वीत भएको प्रतिष्ठानका उपकुलपति प्रा.डा. बलभद्रप्रसाद दासले बताए ।

यस्तो विशेषज्ञ जनशक्तिको व्यापक आवश्यकता भएतापनि हाल नेपालमा कार्डियोलोजीमा बढीमा १० जना र कार्डियोथोरासिक सर्जरीमा बढीमा ५ जना ले मात्र विद्यावारीधी गरेको डा. शाह बताउंछन् ।

ह्युमन एनाटोमी विषयमा विद्यावारीधी गर्ने त नेपाल मै पहिलो भएको डा. श्रेष्ठले बताए । आफुलाई प्रतिष्ठानले नै भारतको बनारस हिन्दु विश्वविद्यालयमा स्पोन्सर्ड गरी विद्यावारीधी सम्मको उच्च अध्ययन गराएको भन्दै प्रतिष्ठानको सेवामा निष्ठापूर्वक लाग्ने उनले बताए ।

डा. शाह र डा. जैशवाल दुवैले अखिल भारतीय आयुर्विज्ञान संस्थान, नयां दिल्लीवाट विद्यावारीधी गरेका हुन् । डा. शाहले एमविविएस भने प्रतिष्ठानवाटै गरेको हो ।

काठमाण्डौं वाहिर पनि मुटुको उपचार सेवा शुरु गरौं भनेर प्रतिष्ठानमा आएको हुंः डा. प्रशान्त

भर्खरै मुटु रोग सम्बन्धि विषयमा विद्यावारीधी गरेका वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका डा. प्रशान्त शाहले काठमाण्डौं वाहिर पनि मुटु रोग सम्बन्धि उपचार सेवा विस्तार गरौं भनेरै वी.पी. प्रतिष्ठानमा आएको बताएका छन् ।

मुटु सम्बन्धि रोगको उपचार काठमाण्डौंमा मात्र सिमित हुंदा काठमाण्डौं वाहिरका विरामीहरुलाई उपचारका लागि काठमाण्डौंसम्म लान सम्भव नै नहुने हुंदा अकालमै ज्यान गुमाउनु परेको कहाली लाग्दो अवस्थालाई हेरेर सेवाको भावनाले प्रतिष्ठान आएको उनले बताए ।

हामी मुटु रोगीहरुलाई एम्वुलेन्समा हालेर काठमाण्डौं सम्म पठाउन सक्दैनौं, हुनेखानेले त हेलिकप्टरवाट लान्छन् तर सबैको त्यो क्षमता हुंदैन, प्रतिष्ठानमै सेवा दिन सके धेरै विरामीले अकालमा ज्यान गुमाउन पर्दैन त्यसैले एम्समा अध्ययन गर्दा नै आफु र डा. जैशवालले प्रतिष्ठान गएर सेवा गर्ने सोच र योजना बनाएको उनले बताए ।

प्रतिष्ठानका उपकुलपति डा. दासले आफुहरुलाई पटक पटक एम्समै आएर प्रतिष्ठानमा आउन प्रोत्साहित गर्ने गरेको समेत उनले बताए । डा. शाह र डा. जैशवालले प्रतिष्ठानमा सेवा दिन थालेपछि अहिले मुटु रोग सम्बन्धि सबैखाले उपचार सम्भव भएको छ ।

प्रतिष्ठानमा भएको एमआरआई र सिटी स्क्यान मेशिन भने अझ गुणस्तरीय भएमा उपचारमा थप सरल र सहज हुने उनले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *