सुई हान्ने दुर्ब्यशनी महिला ६० प्रतिशत !

4
Share

a

काठमाडौँ, १५ भदौ – लागुऔषध लिने महिला मध्ये ५९ प्रतिशतले आफु २० वर्ष नपुगी नै सुईको माध्यमबाट लागुऔषध लिने गरेको बताएका छन् । उनिहरु मध्ये १६ प्रतिशतले दुई वा दुई भन्दा वढी संग सुई साटासट गर्ने गरेको समेत जानकारी दिएका छन् ।

स्वास्थ्य मन्त्रालय अन्र्तगतको राष्टिय एड्स तथा यौन रोग केन्द्रले ६ महिना लगाएर गरेको एकिकृत जैविक तथा व्यवहारिक सर्वे २०१६ले यस्तो देखाएको हो । केन्द्रले काठमाडौ ललितपुर र भक्तपुरका १ सय ६० महिलालाई समावेस गरी सर्वेक्षण गरेको थियो ।

सर्वेक्षक सुदिपराज खतिवडाका अनुसार लागूऔषत प्रयोगकर्तामध्ये ६ प्रतिशतले नजिकका मानिस या नातेदारले पहिलेनै प्रयोग गरिसकेको सुइ लगाउने गरेको, ९ प्रतिशतले यौनसाथीसंग सुई साटने गरेको बताएका छन् ।

उनले एक जना भन्दा वढीले असुरक्षित सुई प्रयोग गर्ने र असुरक्षीत यौन सम्पर्कको कारण २१ दशमलव ९ प्रतिशत लागुऔषधकर्तालाई प्राणघातक हेपाटाइटिस सी देखिएको बताए ।

खतिवडाका अनुसार लागूऔषत प्रयोगकर्ता महिलामध्ये ८ दशमलव ९ प्रतिशत एचआइभी संक्रमित छन् भने ७ दशमलव ७ प्रतिशतलाई भिरिङ्गी लागेको पाइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *