‘नर्सिङ संघको मागप्रति स्वास्थ्य सचिव सकारात्मक’

nurse1
काठमाडौँ, ३१ साउन – नेपाल नर्सिङ संघले आफूहरुको माग प्रति स्वास्थ्य मन्त्रालय सकारात्मक रहेको बताएको छ । संघको टोली आफूहरुले उठाउदै आएका २० बुँदे मागका सम्वन्धमा स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीको ध्यानाकर्षण गराउन आइतबार मन्त्रालय पुगेको थियो ।

दिउसो अढाई घण्टा लामो छलफलमा सचिव डा. उप्रेती आफूहरुको मागप्रति सकारात्मक रहेको पाएको संघकी अध्यक्ष प्राध्यापक तारा पोखरेलले बताइन् ।

‘हिजो दिउसो साढे दुईबजेबाट झण्डै अढाईघण्टा छलफल गरयौँ , सचिव ज्युले कानून अधिकृत समेत संगैराखेर मागका विषयमा छलफल गर्नुभयो । उहाँ हाम्रा मागप्रति अत्यन्तै सकारात्मक हुनुभएको पायौँ ,’ नेपाली हेल्थसंग अध्यक्ष पोखरेलले भनिन् ।

उनले मन्त्रालयमा अधिकार सम्पन्न नर्सिङ महाशाखा राख्नुपर्ने माग बाहेक अन्य सबैमागमा मन्त्रालय सकारात्मक भएको बताइन् । सचिव डा . उप्रेतीले महाशाखा राख्नुपर्ने मागका सम्वन्धमा भने मुलुक संघीयतामा अघि बढेको अवस्था र स्वास्थ्यको पुर्नसंरचना हुन लागेको भन्दै सो विषय मन्त्रालयको हातमा नरहेको बताएका थिए ।

टिकापुरका नर्सहरुको पुर्नवहाली गर्ने, अस्पतालहरुमा नर्सलाई स्वयंसेवी रुपमा राख्ने प्रचलन हटाउने, विरामी नर्स अनुपात मिलाउने लगायतका विषयमा भने सचिव सकारात्मक देखिएका थिए ।

अध्यक्ष पोखरेलले अब मन्त्री आएपछि थप भेटघाट गरी आन्दोलन अघि बढाउने वा नबढाउने बारेमा निर्णय हुने बताइन् । सचिवको ध्यानाकर्षण गराउन आइतबार ५० जना बढी नर्सिङ संघका पदाधिकारीहरु मन्त्रालय पुगेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *