जब झिल्ली नतोडी शिशु जन्मियो ( भिडियो सहित )
एजेन्सी – गर्भवती महिलाको पेटमा हुर्कदै गएको भ्रूण शिशुको रुपमा पूर्ण विकसित हुँदा समेत पानी सहितको पातलो झिल्लीमा सुरक्षित रहेको हुन्छ । जब जन्मने बेलामा गर्भवतीलाई सुत्केरी व्यथा लाग्छ । जन्मने बेलामा शिशुले झिल्ली फुटालेर बाहिर निस्कन्छ ।
तर स्पेनमा भने अनौठो भयो । सुत्केरी व्यथा लागेर शिशुको जन्मत भयो तर झिल्ली भने फुटेन् । बाहिर निस्कदा समेत शिशुले झिल्ली भित्रै स्वासप्रस्वास गरेको स्पष्ट देखिन्थ्यो ।
चिकित्सकहरुले यो एकदमै अनौठो र रियर केश भनेका छन् । उनीहरुले प्रति ८० हजार जन्ममध्ये १ जनामा यस्तो समस्या देखिन सक्ने अनुमान गरेका छन् । झिल्ली सहित जन्मेको शिशुको भिडियो भने अहिले इन्टरनेट तथा सामाजिक सञ्जालमा भाइरल भएको छ ।
https://www.youtube.com/watch?v=oD3yR2OXxLI