बाढीपीडितको उपचार गर्न डा. गोविन्द केसी सप्तरीमा

dr kc

राजविराज, २३ साउन – सप्तरीका बाढीपीडितलाई डा. गोविन्द केसीले निःशुल्क स्वास्थ्य उपचार गरेका छन् ।जिल्लाको तिलाठी गाविसका बाढीपीडितलाई स्थानीय राप्रावि विद्यालयको प्राङ्गणमा शनिबार उनले निःशुल्क स्वास्थ्य उपचार गरेका हुन् ।

सप्तरी उद्योग वाणिज्य सङ्घको संयोजन तथा तिलाठीका युवाको आयोजनामा डा. केसीले त्यहाँका १०० भन्दा बढी बाढीपीडितलाई हाडजोर्नी तथा नसासम्बन्धी रोगको उपचार गरेको बताइएको छ ।

डा. केसी शनिबार विहान आफैँले विभिन्न औषधि, फलफूललगायतका सामग्री बोकेर सो ठाउँमा पुगेका थिए । सरकारले स्वास्थ्य क्षेत्रमा दिइरहेको सेवा ग्रामीण भेगका जनतामा पुग्न नसकेको गुनासो गर्दै डा केसीले बाढी प्रभावित क्षेत्रमा आफूले मानवताका आधारमा सेवा गर्न आएको बताए ।

यसैबीच डा. केसीले गरिब बालबालिकाका लागि शिक्षामा पहुँच हुनुपर्ने माग गर्दै गरिराख्नुभएको सङ्घर्षप्रति उच्च सम्मान गर्दै तिलाठीका युवाले डा. केसीलाई शनिबार सम्मान गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *