भक्तपुरमा भाइरल ज्वरोको प्रकोप बढ्यो

0
Shares

virul feber

भक्तपुर, २१ साउन –  भक्तपुरमा भाइरल ज्वरोको प्रकोप बढेको छ । सरुवा रोगका रुपमा भाइरल ज्वरोको प्रकोप बढेपछि भक्तपुरका सात वटा अस्पतालमा बिरामीको चाप बढेको छ । बालबालिकादेखि ज्येष्ठ नागरिकसम्ममा पनि भाइरल ज्वरोको प्रकोप बढेपछि अस्पतालमा बिरामीको चाप बढेको हो ।

सरकारी अस्पतालका रुपमा रहेको भक्तपुर जिल्ला अस्पतालमा बिरामीको चाप बढेपछि अस्पतालको श्ययासमेत भरिएका छन् । अस्पतालका प्रशासन प्रमुख विश्वप्रसाद न्यौपानेले भाइरल ज्वरोको प्रकोप बढेपछि बिरामीको चाप पनि बढेको बताउँदै अस्पतालको श्यया भरिएको जानकारी दिए ।

उनले भने– “भाइरल ज्वरो र अन्य बिरामीको चाप बढेकाले श्ययासमेत भरिएको छ, अस्पतालमा दैनिक २०० बिरामी स्वास्थ्य परीक्षण लागि आउने गरेका छन् तीमध्ये धेरैजसो भाइरल ज्वरो र झाडापखालाका बिरामी हुने गरेका छन् ।”

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हरिबहादुर केसीले अहिलेको ज्वरो सरुवा भएकाले परिवारमा एक जनालाई ज्वरो आउँदा सतर्क नभए अरुलाई पनि सर्ने गरेकाले पनि बिरामीको चाप बढेको बताए।

भक्तपुरका जगातीस्थित सिद्धिस्मृति बाल अस्पतालमा समेत बिरामीको चाप बढेको छ । अस्पतालले बालबालिकामा पनि भाइरल ज्वरोको प्रकोप बढी पाइएको अस्पतालले जानकारी दिएको छ ।

त्यस्तै भक्तपुरको इवामुरा मेमोरियल अस्पताल, मध्यपुर अस्पताल, कोरिया नेपालमैत्री अस्पताल, नागरिक अस्पतालमा पनि भाइरल ज्वरोको बिरामीको चाप बढेको अस्पतालले जानकारी दिएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *