दुई लाख ‘एन्टीस्नेक भेनम’ खरीद गर्दै सरकार

काठमाडौँ, १९ साउन – वर्षामा सर्पको टोकाइबाट मृत्यु हुने अवस्था आउन नदिन स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन महाशाखाले करिब दुई लाख भ्याक्सिन खरिद गर्ने भएको छ ।

anti snke vanumआपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा. भीमसिंह तिनकरीले सर्पको टोकाइबाट हुने मृत्युलाई रोक्न एन्टीस्नेक भ्याक्सिनका लागि सम्झौता भइसकेको बताए । यो भ्याक्सिन एउटाको ४९८ भारतीय रुपैयाँ पर्ने पनि निर्देशक तिनकरीले जानकारी दिए ।

गर्मी र बर्सातका समयमा तराईमा सर्पको टोकाइबाट थुप्रै मानिसको ज्यान जाने गरेको छ । तराईको उष्ण मनसुनी हावापानी सर्पका लागि अतिउपयुक्त मानिन्छ । यसैकारण तराईमा प्रशस्त सर्प पाइन्छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले वर्षामा आउने बाढीमा सर्प पनि बगेर आउने हुँदा जोगिने स्थान खोजिरहेका सर्पले मानिसलाई डस्न सक्ने धेरै सम्भावना रहने बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *