पोखरामा जन्मियो पौने छ किलो तौलको शिशु

sisu

पोखरा १८ असार –  रानीपौवास्थित साई अर्चना अस्पतालमा ५ किलो ५७७ ग्राम तौल( पौने छ किलो) को शिशु जन्मिएको छ । चिकित्सकहरुले सो शिशुलाई नेपालकै सबैभन्दा बढी तौल जन्मिएको शिुशु भएको दावी गरेका छन् ।

स्याङ्जाको एलादी गाविस – १, घर भइ पोखरामा बस्दै आएका होमबहादुर गुरूङ र लक्ष्मी गुरूङको दोस्रो सन्तान छोरो जन्मिएको हो । होमबहादुर पोखरामा ट्याक्सी चलाउने काम गर्छन् ।

२८ वर्षीया लक्ष्मीलाई शुक्रबार बेथा लागेपछि रानीपौवाको साइ अर्चना अस्पताल भनाइ गरिएको थियो । शुक्रबार साँझ अप्रेसनबाट जन्मिएको बच्चा अस्वभाविक तौलको पाइएपछि अब्जरभेजनका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको डा. अर्चना पुनले बताइन् ।

डा. पुनले आफूले हेरेका मध्ये सबैभन्दा बढी तौलको चार किलो दुई सय ग्रामको भएको भन्दै यो बच्चाको तौल आफ्नो लागि पनि आश्चर्य भएको बताइन् । उनले आमा र बच्चा नर्मल भएपनि थप अश्वभाविक तौल भएकोले थप अव्जरभेसनका लागि क्षेत्रीय अस्पताल पठाएको बताइन् ।

गर्भवती अवस्थामा निकै कम जचाउन आउने लक्ष्मीलाई गर्भ रहेको ५ महिनापछिमात्रै थाहा भएको थियो । शुक्रबार बेथा लागेपछि अस्पताल ल्याइँदा मज्जाले मासुभात खाएर आएको बताएपछि ६ घण्टा पर्खाएरमात्रै अपरेसन गरिएको डा. पुनले बताइन ।

‘मलाइ भिडियो डाक्टरले आमाको बोसो धेरै छ अपरेसन गाह्रो होला भनेका थिए, उनले भनिन्, ‘अप्रेसन त गरियो तर, अरु सबै नर्मलै रह्यो । म आफैं छक्क परेकी छु ।’ जन्मँदा ६ किलो तौल देखिएको बच्चा डिजिटल तौल मेसिनमा ५ किलो ७ सय ५५ ग्राम देखिएको छ ।

लक्ष्मी आफैं पनि अचम्ममा परेकी छन् । ‘अलि गाह्रो त हुन्थ्यो तर, बच्चा नै यति भारी होला भन्ने मलाइ के थाहा र ’, उनले भनिन् । यतिबेला आमालाई साइ अर्चना र बच्चा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

क्षेत्रीय अस्पतालका बालरोग विभाग प्रमुख डा. रामचन्द्र बास्तोलाले भने, ‘केही महिनाअघि भारतमा ६ किलो ८ सय ग्रामको बच्चा जन्मेको खबर मिडियामा आएको थियो । नेपालमा धेरै तौलको योभन्दा मैले सुनेको थिइँन ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “पोखरामा जन्मियो पौने छ किलो तौलको शिशु

  1. The operation need not to be delayed solely due to oral intake. As an anesthesiologist doctor, I would like to request our obstretician doctor to go for surgery in such case as there are other option of anesthetising the parturient like general anesthesia.

Leave a Reply

Your email address will not be published. Required fields are marked *