स्वास्थ्य बीमा कार्यक्रम आजबाट शुभारम्भ, उपचार १ जेठ देखी

mohpकाठमाडौँ – सरकारले तीन बर्ष अघिदेखी घोषणा गर्दै आएको स्वास्थ्य बीमा कार्यक्रमको सुभारम्भ आज भएको छ । स्वास्थ्यमन्त्री रामजनम चौधरीको गृहजिल्ला समेत रहेको कैलालीबाट बीमा कार्यक्रमको सुभारम्भ गरिएको हो ।

यद्धपी सुभारम्भ कार्यक्रममा कुनै औपचारिक कार्यक्रम भने गरिएन । न त मन्त्री नै यो बहुप्रतिक्षित कार्यक्रमको सुभारम्भ गर्न कैलाली पुगे ।

स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात विहान १० बजे धनगडी नगरपालिका ३ निवासी होमनाथ ढकालको परिबारको नाम दर्ता गरी गरिएको थियो ।

धनगडीमा रहेका सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यक्रम अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार मध्यान्न १२ बजेसम्म ३२ वटा परिबारले बीमाका लागि नाम दर्ता गराइसकेका छन् । १ लाख ४२ हजार घरधुरी रहेको कैलालीमा करीब ७ लाख जनसंख्या रहेको छ । ती सबैको दर्ता गर्न १२४ जना दर्ता परिचनाल गरिएको छ ।

समितिले चैत महिनाभर दर्ता भएका परिबारलाई १ जेठ देखी उपचार सेवा दिने तयारी गरेको छ । बैशाख पछि दर्ता हुनेले भने उपचार सेवा भदौ महिना पछि मात्रै पाउनेछन् ।

समितिले चैत महिनाभर दर्ता भएका परिबारलाई १ जेठ देखी उपचार सेवा दिने तयारी गरेको छ । बैशाख पछि दर्ता हुनेले भने उपचार सेवा भदौ महिना पछि मात्रै पाउनेछन् ।

उपचारका लागि समितिले ४ प्राथमिक स्वास्थ्य केन्द्र र तीनवटा अस्पताल तोकेको छ । अस्पतालहरुमा सेती अञ्चल अस्तपाल, मालाखेती अस्पताल र टिकापुर अस्पताल छन् ।

दर्ता सहयोगीहरुले मोवाइलबाट फोटो खिचेर मोवाइलमै रहेको एप्समा दर्ता गरी सर्भरमार्फत कार्यालय तथा केन्द्रमा विवरण पठाउने छन् । त्यसका लागि समितिले प्रत्येक सदस्यलाई सामसुङ ग्यालेक्सी २ मोवाइल उपलव्ध गराएको छ । उनीहरुले व्यक्तिको नाम दर्ता गरेवापत ४० रुपैयाँ कमिसन पाउनेछन् ।

कसरी सञ्चालन हुँदैछ स्वास्थ्य बीमा ?

स्वास्थ्य बीमा कार्यक्रममा दर्ता भइसकेका प्रतिपरिबार ( पाँच जना )ले बार्षिक रुपमा २ हजार ५ सय प्रिमियम बुझाएपछि ५० हजारसम्मको उपचार गर्न सक्नेछन् ।

एउटा परिबारमा पाँच जना भन्दा बढी सदस्य रहे थप सदस्यले ४२५ रुपैयाँ प्रिमियम बुझाउनुपर्ने छ भने थप १० हजार रुपैयाँको उपचार सेवा थप हुने व्यवस्था गरिएको छ ।

समितिले अहिलेसम्म ६६ किसिमका रोगहरुको उपचारको मूल्य( कस्टिङ) निकालेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *