अत्याधुनिक अस्तपाल निर्माणका लागि जग्गा खोज्दैछ ‘न्याम्स’

NAMSकाठमाडौँ – अत्याधुनिक अस्पताल तथा एकेडेमिक इकाई स्थापना गर्न चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ( न्याम्स) उपत्यकाका विभिन्न स्थानमा लिने पहल भएपनि सफल हुन सकेको छैन् ।

न्याम्सले एक हजार बेडको अत्याधुनिक सुविधासम्पन्न अन्तराष्ट्रिय स्तरको अस्तपाल, नर्सिङ कलेज तथा आफ्नो कार्यालय रहने गरी भवन बनाउन जग्गाको खोजी गरेको छ ।

न्याम्सका उपकुलपति प्राडा गणेश गुरुङले जग्गाको लागि सम्भावित ६ स्थानमा पुगेर जग्गा हेरेको बताए । तर ती जग्गाहरु सहज रुपमा प्राप्त गर्ने अवस्थामा भने नरहेको उनले संकेत गरे । सबै ठाँउमा केही न केही परियोजनाले समेटेको जस्तो पाइयो मिल्दो जुल्दो जग्गा अझै भेटिएको छैन ।

उपकुलपति प्राडा गुरुङका अनुसार न्याम्सको टोलीले बागडोल मुलुपोखरीमा ४ सय बढी रोपनी भएको जग्गा हेरेको थियो , त्यस्तै हिमाल सिमेन्ट कारखाना रहेको स्थानको करीब ९ सय रोपनी जग्गा समेत हेरेको थियो । कृषि बालि अनुसन्धान केन्द्र खुमलटारमा ४सय रोपनीको जग्गा हेरेको थियो । सानोठिमी क्याम्पस हाता भित्रको ३ सय रोपनी जग्गा समेत हेरेको थियो । पशुपति क्षेत्र विकास कोषको गोठाटारमा रहेको ५३६ रोपनी जग्गा समेत हेरेको थियो ।

‘हामीले यी मध्ये जुनसुकै स्थानमा भएपनि अस्तपाल र एकेडेमिक कक्षा सञ्चालन गर्न सक्ने थियौँ तर कतै पनि सहज रुपमा जग्गा उपलव्ध हुने छाट देखिएको छैन्,’ उपकुलपति प्राडा गुरुङले भने ।

अर्थमन्त्री विष्णु पौडेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई अन्तराष्ट्रिय स्तरको सुविधासम्पन्न अस्पताल निर्माण गर्न बजेटको व्यवस्था गरिदिने भन्दै जग्गाको खोज गर्न निर्देशन दिएका थिए ।

प्राडा गुरुङले नयाँ स्थानमा बनाइने भनिएको अस्पताल संसारका अत्याधुनिक सुविधासम्पन्न अस्तपालहरु मध्येको एक हुने दावी गरे ।

र यो पनि पढ्नुहोस्…#.न्याम्स र सियान युनिभर्सिटीबीच सम्झौता

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “अत्याधुनिक अस्तपाल निर्माणका लागि जग्गा खोज्दैछ ‘न्याम्स’

  1. संसार को उत्क्रिस्ट होइन देश सुहाउदो हुनुपर्छ . नेपालि इन्जिनियरको जस्तो रंग्गा न ढंगको पनि होइन . एसियाको उत्क्रिस्ट भनिएको त्रमा सेन्टर अब्य्बहारिक, कम्जोड र लथालिङ्ग तालले बनाएको जस्तो हुनु भएन . अहिलेको बीर अस्पताल राम्ररि चल्न चलाउन र सस्तो गुणस्तरीय र भरपर्दो बनाउन सके पनि राम्रो हुने थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *