एमबीबीएस पढेर पनि लाइसेन्स लिन नसकेपछि ट्याक्टर चलाउदै

pradip ku
प्रदीपकुमार गुप्ता

काठमाडौँ – नक्कली चिकित्सक खोज्ने क्रममा २३ फागुनमा धनुषाका प्रदीपकुमार गुप्ता पक्राउ परे । चिकित्सकको लाइसेन्स परीक्षा दिन काठमाडौँ आएका बेला उनलाई केन्द्रीय अनुसन्धान व्यूरो सीआइबीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

कुन कुन अस्पतालमा काम गर्यौँ ? प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले सोधपुछ गर्दा गुप्ताले भने , ‘कहाँ काम गर्नु हजुर गाँउमा ट्याक्टर चलाउदै आएको छु ।’ लाइसेन्स परीक्षामा फेल भएपछि धनुषामा ट्याक्टर चलाएर बस्नु परेको बताएका छन् ।

६ बर्ष अघि चीनबाट एमबीबीएस पढेर आएका गुप्ता पटक पटक लाइसेन्स परीक्षा दिदा पनि सफल हुन सकेनन् । एमबीबीएस पढ्न आइएस्सीको नक्कली सर्टिफिकेट बनाएको आरोपमा सिआइबीले उनलाई पक्राउ गरेको हो । सीआईबीले पक्राउ गरेका १५ नक्कली चिकित्सक मध्ये उनी पनि एक हुन् ।

एमबीबीएस पढ्न आवश्यक प्राप्तांक आइएएस्सीमा नआएपछि गुप्ताले भारतबाट नक्कली प्रमाणपत्र किनेर ल्याई त्यसैको आधारमा चीनमा एमबीबीएस पढेका थिए ।

चिनियाँ कलेजहरुमा एमबीबीएस भर्ना भएपछि सामान्यत फेल नहुने भएकोले सन २०१० मा पढाई पुरा गरी उनी नेपाल फर्किए । तर नेपाल मेडिकल काउन्सिलले दिने चिकित्सक प्रमाणपत्र लिन उनी असफल भए । कतिपय अस्पताल तथा क्लिनिकमा गोप्यरुपमा काम गरेका उनी लाइसेन्स बनाउन नसकेपछि ट्याक्टर चलाउने काम समेत थालेका हुन् ।

नेपालमा एमबीबीएस पढ्न करीब ४० लाख लाग्छ भने चीनमा करीब २५ लाखमै पुरा हुन्छ ।प्रवीणतामा कम नम्वर ल्याएपनि सहजै पढ्न पाइने भएकोले नेपालीहरु चीन पढन जान आकर्षित भएका हुन् । तर चीनबाट पासगरेकाहरु अधिकांश लाइसेन्स परीक्षामा फेल हुने गरेका छन् ।

  • आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *